झिमरुक गाउँपालिकाले १७ कुन्टल गहुँ अनुदानमा वितरण गरेको छ । बिउ उत्पादन गर्ने ईच्छुक कृषकको माग संकलन गरि गाउँपालिकाका सबै वडाका ईच्छुक कृषकलाई गहुँको विउ वितरण गरिएको हो । गाउँपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा ७२ हजार बराबरको गहुँको विउ र १०० प्रतिशत अनुदानमा १५ हजार बराबरको गहुँ वितरण वितरण गरेको कर्यालयका नायब सुब्बा निम प्रसाद भण्डारीले जानकारी दिए ।
गहुँ उत्पादन हुने राम्रो क्षेत्र रहेकाले गाउँपालिकाले अनुदानमा विउ वितरण गरेको गाउँपालिका कृषि ईकाई प्रमुख टेक बहादुर विश्वकर्माले बताए। स्वर्गद्धारी जातको गहुँको नयाँ बिउ दिएको उनले बताए । उनले भने,‘पुरानो बिउ प्रतिस्थापन गरि नयाँ बिउँले उत्पादनमा वृद्धि गर्ने हेतुले नयाँ बिउ वितरण गरेका हौँ । ’ गाउँपालिकाले अहिले कृषकलाई व्यवसायिक बनाई यूवाहरुलाई खाडी मुलुक जानुभन्दा आफ्नै ठाउँमा केहि गरेर जिविकोपार्जन गर्न अनुदानका बिउहरु वितरण गरेको समेत उनले बताउनुभयो । गाउँपालिकाले गहुँ संगै तरकारी, सागपात, फलफुलका बिउ पनि वितरण गरेको उनले बताए । त्यस्तै विरुवाहरु सिँचाई गर्नका लागि कृषि औजार समेत वितरण गरिएको विश्वकर्माले जानकारी दिए ।
गाउँपालिकाले १ वडा एक नर्सरी स्थापना गर्ने लक्ष्य लिएको छ । गाउुँपालिका भित्रका तरकारी नर्सरी बनाउनका लागि प्याज, लसुन, काउली, बन्दा, टमाटर, केराउ, आलु, रायो, मुला जस्ता तरकारीका ५ सय प्याकेट बिउ वितरण गरिको छ । हाँल कृषि शाखाले ७५ हजार बराबरको तरकारीको बिउ वितरण गरेको छ । गाउँपालिकाका ८ वटै वडामा कृषि नर्सरी स्थापना गर्नका लागि तरकारीका बिउ वितरण गरेको कृषि ईकाई प्रमुख विश्वकर्माले बताए । त्यस्तै नर्सरी उत्पादन गर्नका लागि मात्रै गाउँपालिकाले ४० हजार रुपैया बराबरको तरकारीका बिउ वितरण गरेको उनले जानकारी गराएका छन । गाउँपालिकाको कृषि ईकाईले कृषकको लागि विरुवाहरु उत्पादन गरि सौलियत दरमा बिक्री वितरण गर्न लगाएको छ । स्थानिय स्तरमै नर्सरी उत्पादन गरि कृषकहरुलाई आवश्यक पर्ने बेर्ना सहजरुपमा उपलब्ध गराउने उदेश्यले एक वडा एक नर्सरी स्थापना गर्ने लक्ष लिएको कृषि ईकाई प्रमुख विश्वकर्माले बताए ।
अनुदानमा बिउ पाएकाले व्यवसाययिक तरकारी खेति गर्दै आएका झिमरुक गाउँपालिका १ सौतामारेका कृषक राजनकुमार क्षेत्री खुसी भएका छन् । स्थानिय स्तरमै अर्गानिक खालको खेति उत्पादन गरी समुदायमा विक्रि गर्न सकिने उनले जानकारी दिए । उनले भने,‘यसले आर्थिक उन्नतीमा टेवा पुर्याउछ । ’ उनि भन्छ्न सिजनमा तरकारी खेतिबाटै ३ लाख सम्म आम्दानी हुन्छ त्यसै बाट घर खर्च र केटाकेटी पढाउन जनतन पुगेको छ ।
त्यस्तै गाउँपालिका भित्रकै वडा नंम्बर ३ का कृषक डोलराज पौडेलले अनुदानमा बिउ पाउनाले खेति गर्न सजिलो भएको बताए । उनले भने,‘आर्थिक नहुनेलाई अनुदानमा बिउ पाएपछि व्यावसायिक खेती गर्न सहज हुन्छ । ’ उनले भन्छन सिजनको बेला ४ रोपनी गहुँ, १५ रोपनी आलु उत्पादन गर्ने त्यसैको बिक्री बाट आएको आम्दानीले गुजारा चलेको बताए । आलु उत्पादन बाटै ५० हजार रुपैयाँ वार्षिक आम्दानी गर्ने बताएका छन । कृषक पौडेलले कृषि पेशा गरेरै १ छोरा र २ बहिनि छोरीलाई पढाएको र घर खर्च चलाएको बताए । यस्तो कार्यक्रमले व्यावसायिक कृषि तर्फ जागरुक हुन उत्प्रेरित गर्ने भएकोले कृषिमा लगानी बढाउनु पर्ने बताएका छन ।
१९ कार्तिक २०७५, सोमबार १८:०२ प्रकाशित