सरकार आर्थिक क्रान्तिकालागि बाधक : नेता महत
  • काँचुली खबर

नेपाली कांग्रेसका सह महामन्त्री डा.प्रकाश शरण महतले अहिलेको सरकारले लिएका नाराहरुको दुरगामी प्रभाब नपरेको बताएका छन ।

प्रेस यूनियन बाँकेले मंगलबार अयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले अहिलेको सरकारले जुन समृद्धी र सुखि नेपालका नाराहरु ऋगाडी बढाउदै गर्दा सबै नेपालीहरुलाई सुखि बनाउदै छ भन्ने प्रश्न चिन्ह खडा भएको बताएका छन । यि निर्णहरुले के दुरगामी प्रभाब पार्दै छ भन्नेमा उनको प्रश्न चिन्ह रहेको छ । यि सबै समस्याको समाधानकालागी नेपाली कांग्रेसले ग्रास रुटबाटनै छलफल गरेको र देशलाई अर्थिक रुपमा बलियो बनाउन नेपाली कांग्रेस अगाडी बढेको बउनले बताए । यस्तै अर्को प्रसंगमा बोल्दै नेता महतले यो सरकारले कानुनी शासनलाई लत्याएको आरोप लागए । ब्यक्तिगत सम्बन्धका आधारमा ब्यक्तिगत चाहनालाई केन्द्रबिन्दुमा राखेर यो सरकार अगाडी बढेको हुदा नेपालमा स्वस्फुर्त रुपमा कानुनका आधारमा लगानी बृद्धि हुने परिबेसलाई निषेध गरेको बताए । महतले बिभिन्न खालका हत्य र बलत्कारका घटनाहरु घटेका छन त्यसले गर्दा पनि यो सरकारको नकारात्मक प्रभाब पारेका बताए । जसले गर्दा स्वदेशि लगानीकर्ताहरु पनि आफ्नै देशमा उद्योगधन्दा खोल्नका लागी त्रसित भएको बताए । जसले गर्दा अबको आर्थिक क्रान्ति नेपाली कांग्रेसले गर्ने बताए । जसकालागि नेपाली कांग्रेसले स्थानिय स्तर देखि नै आर्थिक संम्भाब्यताका लागी अध्यन र सुझाब संलन गरिरहेको बताए । सबै संकलन गरिएका सुझाबहरुलाई महासमितीमा पेस गरि देशको कायापलटमा मुख्य भुमिका हुने मा उनको बिश्वास रहेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेता महतले यो सरकारले गरेका बिभिन्न कमि कमजोरीहरुलाई जनताले नै मुल्यांकन गरिसकेको हुदा प्रतिपक्षका हिसाबले कुनै पनि मुल्यांकन गर्न नपर्ने बताए । अबका दिन देखि नेपाली कांग्रेसले महासमितीको बैठक पश्चात प्रतिपक्षमा बसेर आर्थिक र ग्रास रुटबाटनै जानताहरुको जिवन स्तर परिबर्तनकालागि महत्वपुर्ण भुमिका खेल्नेमा आफु र आफ्नो पार्टि अगाडी बढ्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एनपी साउद, प्रदेश सांसद मोहमद याकुब अन्सारी, बाँके पार्टी सभापति किरण कोइराला, पुर्ब  सभासद आशा बि.क, बाँके क्षेत्र नं. १ का सभापति माधबराम खत्री लगाएतको उपस्थिती रहेको थियो ।

  • १३ कार्तिक २०७५, मंगलवार १२:१० प्रकाशित
  • Nabintech