२० बैशाख २०८१, बिहीबार
राप्तीसोनारी गाउँपालिकालाई २ सय ४० थान विद्यालय किट हस्तान्तरण
  • काँचुली खबर

बाढी, भुकम्प र आगलागि जस्ता कुनैपनि विपद आएको बेला बालबालिकाको पठनपाठन अवरुद्ध नहोस् भन्ने उदेश्यका साथ राप्तीसोनारी गाउँपालिकालाई २ सय ४ थान बिद्यालय किट उपलब्ध गराईएको छ ।

युरोपियन युनियन, सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा बाँकेका अत्याधिक बाढी प्रभावित राप्तीसोनारी, नैरनापुर र डुडुवा गाउँपालिकामा संचालन गरिएको बिद्यालय सुरक्षा कार्यक्रम अन्तर्गत राप्तीसोनारी गाउँपालिकालाई ती बिद्यालय किट उपलब्ध गराईएको हो ।

गाउँपालिकामा आयोजित एक कार्यक्रमका विच गाउँपालिकाका सूचना अधिकारी दिपलाल रानालाई बाँके युनेस्को क्लबका वरिष्ठ सल्लाहकार निरज गौतम, अध्यक्ष प्रवेज अली सिद्दिकी र वरिष्ठ उपाध्यक्ष सिराज खानले सामुहिक रुपमा सो बिद्यालय किट हस्तान्तरण गरे ।

भविष्यमा सो गाविसमा आउने कुनै पनि प्रकारको विपदको बेला त्यहाँ रहेका बिद्यालयहरुमा अध्ययनरत बालबालिकाको पढाई अवरुद्ध नहोस भन्ने उदेश्यका साथ २ सय ४० थान बिद्यालय किट गाउँपालिकालाई उपलब्ध गराईएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए ।

उनले विगतको समयमा बाढी लगायतको कुनै पनि विपद आउँदा विद्यालय बन्द हुने र पढाई अवरुद्ध हुने गरेकोले अबबाट यस्तो नहोस भनेर यो सहयोग प्रदान गरिएको बताए ।

गाउँपालिकामा रहेका ५४ वटा बिद्यालयलाई लक्षित गरेर प्रदान गरिएको सो विद्यालय किटमा प्रति किट एक थान स्कुल ब्याग, एक थान जमेट्री, पेन, पेन्सिल, कटर लगायतका सामाग्रीहरु रहेका छन् ।

अब कुनै पनि विपद वा अरु कुनै कारणले बालबालिकाको पठनपाठन नरोकिने जनाउँदै बिद्यालय किट पाएपछि पढाईलाई निरन्तरता दिन सहज हुने गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताए ।

बाढीको उच्च जोखिममा रहेका बाँकेका ३ वटा गाउँपालिकाका ४० वटा विद्यालयमा संचालन गरिएको बिद्यालय सुरक्षा कार्यक्रम अन्तर्गत ती विद्यालय र समुदायमा प्राथमिक उपचार तालिम, विपद ब्यबस्थापन तालिम प्रदान गर्नुका साथै विद्यालय सुधार योजनामा विपद सम्बन्धि कुराहरु समावेश गराईएको र गैर संरचनागत कार्यहरु समेत गरिएको सो कार्यक्रमका कार्यक्रम संयोजक दिपेन्द्र चौधरीले बताए ।

  • २९ आश्विन २०७५, सोमबार १८:०८ प्रकाशित
  • Nabintech