२७ बैशाख २०८१, बिहीबार
उपमहानगरपालिकाद्धारा बजार अनुगमनमा कडाई
  • काँचुली खबर

तपाई दशैमा मासु खाँदै हुनुहुन्छ रु होशियार हुनुहोस । नेपालगन्जमा खसीको मासु भनेर बाख्रीको मासुको कारोबार बढ्दै गईरहेको छ । मासु व्यवसायीले दशैको मौका छोपेर खसी देखाउँने र बाख्री बध गरी मासु बिक्रि गर्दै आईरहेको खुलासा भएको छ ।
नेपालगन्ज उप-महानगरको नेतृत्वमा शुक्रबार दिउँसो गरिएको मासु तथा मिठाई पसलमा अनुगमनका क्रममा उपभोक्ताको स्वाथ्यमाथी खेलवाड हुने गरी खसीको मासुको सट्टा बाख्रीको मासु बेचेको भेटिएको हो ।
उपभोक्ता हित संरक्षण समिति संयोजक एवं कार्यवाहक नगर प्रमुख उमा थापामगर नेतृत्वको टोलीले मासु र मिठाई गरि एक दर्जन पसलमा अनुगमन गर्दाको क्रममा खसीको मासु भनेर वाख्राको मासु बेचेको पाइएको छ ।
रामलीला मैदान नजिकको मासुमण्डीको अनुगमनमा खुला रुपमै खसीको भनेर बाख्राको मासु बचेको फेला परेको हो । पसल स्वीकृतको कागज समेत नराखेका आसिम कुरेसीको पसलबाट ६ केजी बाख्राको मासु जफत गरि नष्ट गरिएको छ ।
अन्य मासु पसलमा समेत फोहर देखिएको, फ्रिजमा जथाभावी मासु कोचिएको, मासु काटने ठाउँमै दर्जनौको संख्यामा खसी बोका हुलेर राखीएको पाइएको उप-महानगरपालिकाका निरिक्षण शाखाका प्रमुख पवन कनोजीयाले जानकारी दिए ।


धम्वोझीस्थित केही मिठाई पसलमा गरिएको अनुगमनमा मिठाई बनाउने स्थानमा फोहर देखिएको, अनावश्यमक रंंग प्रयोग गरिएको र आवश्यक कागजात नराखेको पाइएको छ । सबै किसिमका मापदण्ड पूरा गरेर उपभोक्ताको अधिकारलाई ध्यान राखेर मात्र व्यवसाय गर्ने निर्देशन गरिएको उपप्रमुख एवं अनुगमन टोली संयोजक थापामगरले बताईन । अनुगमनको पहिलो चरणमा सचेतनासहित अभियान थालिएपनि अब नियमित अनुगमनमा कमजोरी भेटिए कानूनी कारबाही गरिने उनको भनाइ थियो । अनुगमनमा उपमहानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेल, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, वाणिज्य कार्यालय, गुणस्तरीय तथा नापतौल कार्यालयका एकराज बुढाथोकीलगायतको सहभागिता रहेको थियो ।

  • २६ आश्विन २०७५, शुक्रबार २०:५८ प्रकाशित
  • Nabintech