विवादित बन्दै कोहलपुर बसपार्क : बिभिन्न समितिहरुद्धारा आरोप प्रत्यारोप
  • काँचुली खबर

कोहलपुरमा निर्माणधिन अवस्थामा रहेको अत्याधुनिक बसपार्क निर्माण कार्यमा आफुहरुले कुनै अबरोध नगरेको बसपार्क बजार सुधार समिति र बसपार्क निर्माण संघर्ष समितिले दाबी गरेको छन । बसपार्क निर्माण कार्यमा अबरोध गर्दै आएको आक्षेप लागेपछि दुबै समितिले मंगलबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै बसपार्क निर्माणमा कुनै अबरोध नगरिएको जनाएका हुन ।
बसपार्क क्षेत्रभित्र ब्यवसाय गर्दै आएका ब्यक्तिहरुले बसपार्क निर्माणकालागि त्यस क्षेत्र खाली नगरेको भन्दै सोमबार कोहलपुर बिकास संघर्ष समितिले उक्त क्षेत्र खाली गराउन माग गर्दै कोहलपुर नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो ।
टेक राज आचार्यको संयोजकत्वमा गठित उक्त संघर्ष समितिले आफुहरुलाई गलत आक्षेप लगाएको बसपार्क निर्माण संघर्ष समितिका संयोजक राधा जि.सी. र बसपार्क बजार सुधार समिति कोहलपुरका अध्यक्ष कृष्ण बहादुर रानाभाटद्धारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।
बसपार्क निर्माणमा आफुहरुले सहयोग गरेकै कारण नाला, काउण्टर र प्रतिक्षालय लगायतका भौतिक संरचना निर्माण भैरहेको भन्दै विज्ञप्तीमा भनिएको छ, ‘कथित कोहलपुर विकास संघर्ष समितिका ब्यक्तिबाटै साविकको बसपार्क पिच गर्ने नगरविकास समितिको जग्गा आर्थिक चलखेलको आडमा २-२ मिटरका दरले आफ्नो घरभित्र च्यापी निर्माणाधिन टर्मिनल भवनको दक्षिण पट्टिको दिवालसमेत कोहलपुर बिकास संघर्ष समितिका प्रमुख ब्यक्तिबाटै भत्काएको यथार्थलाई नजर अन्दाज गरी बसपार्क निर्माणमा अबरोध सृजना गरेको अवस्थामा नगर विकास समितिसँगको सम्झौता बमोजिम टहराहरुलाई भत्काई नाला समेत निर्माण भएको नदेख्ने कथित संघर्ष समितिलाई एक पटक बसपार्क प्रवेश गरी नजर लगाउन अनुरोध गर्दछौं ।’
विज्ञप्ती मार्फत बिकासमा बाधा पुर्याउने, नङ र मासुको सम्बन्ध राखी बसेका बसपार्कवासीलाई भड्काउने लगायतका क्रियाकलाप नगर्न समेत उनिहरुले चेतावनी दिएका छन ।

यसअघि कोहलपुर विकास संघर्ष समितिले कोहलपुर बसपार्कको निर्माण प्रक्रियालाई जारी राख्न सोमबार कोहलपुर नगरपालिका कार्यालयमा माग सहितको ज्ञापन पत्र बुझाएका थिए । नगर विकास समितिको स्वामित्वमा रहेको उक्त क्षेत्रमा बसपार्क निर्माणकालागि केही ब्यक्तिहरुले अवरोध सृजना गर्दै आईरहेको भन्दै संघर्ष समितिले पुरानो निर्णय कार्यान्वयन गरी बसपार्क निर्माणको काम अगाडी बढाउन माग गरेको थियो ।
नगरविकास समितिसँगको सम्झौता अनुसार बसपार्क क्षेत्रभित्र बस्दै आएका ब्यब्यसायहरुले उक्त क्षेत्र छोड्नुपर्नेमा हालसम्म बिभिन्न बहानामा बसपार्क निर्माण कार्यमा नै अबरोध सृजना गरिरहेको भन्दै त्यसको प्रतिवादकालागि स्थानिय टेकराज आचार्यको अध्यक्षतामा कोहलपुर विकास संघर्ष समिति समेत गठन गरिएपछि दुई पक्षिय आरोप–प्रत्यारोप सुरु भएको छ ।

  • २३ आश्विन २०७५, मंगलवार २१:५० प्रकाशित
  • Nabintech