प्रदेश नम्बर ५ को कृषि सहकारी तथा भूमी व्यवस्था मन्त्रालयले किसानलाई उपलब्ध गराउने अनुदान बास्तविक किसानसँग पुर्याउन किसानका बारीमा टोली खटाएको छ । मन्त्री आरती पौडेलका स्वकीय सचिव सुर्य रोकाय बाँके बर्दियाका किसानको घरदैलोमा खटिदैं प्रदेश सरकारले उपलब्ध गराउने अनुदान बारे जानकारी गराउदै हिडेका छन् । पछिल्लो समय प्रदेश मन्त्रालयले ब्यावसायिक किसान र फर्मलाई कृषि अनुदानका लागि प्रस्तावना माग गरेको अवस्थामा मन्त्रीका स्वकीय सचिव रोकाय किसानको घरदैलोमै पुगेर अनुदान फर्म भर्ने तरिका लगायतका बारेमा जानकारी दिईरहेका छन् । सबै किसानसँग सूचनाको पहुँच नभएका कारण आफुहरु घरदैलोमा खटिएको रोकायले बताए ।
‘सरकारले दिने अनुदान सिमित टाठाबाठा किसानले भन्दा पनि वास्तविक किसानले पाउनुपर्छ भन्ने मन्त्रालयको मान्यता रहेको छ’, रोकायले भने, ‘सरकारले किसानलाई उपलब्ध गराउँदै आएको सेवा सुविधा बारे पनि जानकारी गराईरहेका छौं ।’ रोकायले बिहिवार बाँकेका प्रदेशसभा सदस्य बाबुराम गौतम, खजूरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति लगायतको समन्वयमा खजुरा गाउँपालिकामा ब्यावसायिक कृषि ब्यवसायमा लागेका किसानका फर्मको बारेमा समेत जानकारी लिएका छन् । सो अवसरमा रोकायले खजुराका अगुवा किसान लालबहादुर खत्री, गेहेन्द्र धिताल, मगनसिंह थापा, भद्रप्रसाद देवकोटा लगायतसँग भेटघाट गरी ब्यावसायिक फर्मबारे समेत जानकारी लिएको बताए । अर्गानिक टमाटर खेती गरेका राधापुरस्थित सैनिक कृषि फर्मका संचालक मगनसिंह थापाले वास्तविक किसानलाई राज्यले सहयोग गरेमा कृषिले ब्यवसायको रुप लिने बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
१८ आश्विन २०७५, बिहीबार १७:५२ प्रकाशित