कोहलपुरमा ‘बिरोलो’ आतङ्क !
  • काँचुली खबर

निर्माणाधिन चौराह पार्कको स्केच र बाघको मुर्ति सहितको स्तम्भ ।

 

बिगत केही दिनयता कोहलपुरमा बिरोलो चर्चा चुलिएको छ । नगरभित्रका चिया पसलदेखि सामाजिक संजालसम्म बिरालोका विषयमा बहस हुँदै आएको छ ।
जिल्लाका सामाजिक संजाल प्रयोगकर्ताहरुलाई ‘बिरालो’ शब्द हट केक बनिरहेको छ । तर यहाँ हामीले साँचिकैको बिरोलोको चर्चा गरिरहेका छैनौं । हामीले यहाँ उल्लेख गरेको ‘बिरालो’ शब्दले कोहलपुर नगरपालिकाको कार्यशैलिलाई ईंगित गर्न खोजिरहेको छ ।
कोहलपुर नगरपालिकाले मध्य तथा शुदुरपश्चिमको प्रवेशद्धाराको रुपमा रहेको कोहलपुर चौराहमा बिरालो आकारको बाघको स्ट्याचु राखेपछि कोहलपुर नगरपालिका हाँसोको पात्र बनेको छ । ५, ६ र ७ प्रदेशलाई जोड्ने कोहलपुर चौराहमा यात्रुले पहिचान नै गर्न नसक्ने आकारको बाघको स्ट्याचु राखिएको भन्दै सामाजिक संजालमा त्यसको ब्यापक बिरोध सुरु भएको छ ।

‘बाघ भनेर बिरोलो पो राखिएछ’ एक स्थानियले भने, ‘चौराहजस्तो महत्वपूर्ण ठाँउमा राखिएको बिरालो आकारको बाघले हामी सिङ्गो कोहलपुरवासीलाई गिज्याएको महशुस भईरहेको छ ।’
कतिपय राजनितिज्ञ तथा बुद्धिजिविहरुलेकोहलपुर चौराहमा राखिएको बाघ बिरालो जस्तो दिएको भन्दै कटाक्ष गरेका छन । उनिहरुले नगरको मुख्य प्रवेशद्धारमा राखिएको संरचनाले यस क्षेत्रको पहिचान झल्काउनुपर्नेमा भएको पहिचान समेत गुम्ने खतरा बढेको भन्दै दुःख ब्यक्त गरेका छन ।
कोहलपुर चौराहलाई आधुनिक पार्कको रुपमा विकास गरि पार्कभित्र बाँके राष्ट्रिय निकुञ्जमा पाईने पाटे बाघको मुर्ति राख्ने योजना अनुसार कोहलपुर नगरपालिकाले गत वर्ष स्थानिय एक कलाकारलाई बाघको मूर्ति बनाउने जिम्मा दिएको थियो । आफुले पाएको जिम्मेवारी अनुसार कोहलपुर नगरपालिका-११ का चित्रकार केशव खड्काले रु. १ लाख लागतमा बाघको सिमेन्टेड मुर्ति तयार पारेका थिए । तर कोहलपुर नगरपालिकाले स्थानिय कलाकारले तयार पारेको मुर्तिलाई लत्याउँदै काठमाण्डौबाट पित्तलको बाघ झिकाएर कोहलपुर चौराहमा उभ्याएपछि त्यसको सर्वत्र बिरोध भईरहेको छ ।

  • २६ भाद्र २०७५, मंगलवार १४:२० प्रकाशित
  • Nabintech