सौर्य एयरलायन्सले लामो समयपछि नेपालगञ्ज-काठमाडौं उडान सुरु गरेको छ । आइतबार दिउसो सौर्य एयरलायन्सले काठमाडौं–नेपालगञ्ज उडान सुरु गरेको हो ।
नयाँ संचालक घनश्याम अधिकारी आफै यात्रुसहित पहिलो उडानमा काठमाडौबाट नेपालगञ्ज पुगेका छन् । सौर्य एयर हरेक दिन दिउसो २.३० बजे काठमाडौंबाट नेपालगञ्ज र ३.३० बजे नेपालगञ्जबाट काठमाडौं उडान गर्नेछ ।
दशैंसम्म नेपालगञ्ज-काठमाडौं दैनिक दुईवटा उडान गर्ने व्यवस्थापन ले जनाएको छ । सौर्यको नयाँ भाडादर ३५०० देखि ४५०० रुपियाँसम्म रहेको छ ।
करिब एक महिनादेखि बन्द रहेको सौर्य एयर लायन्सको नियमित उडान १० दिन अघिदेखि सुरु भएको हो । सौर्य एयरमा नयाँ व्यवस्थापन आएपछि नियमित उडान सुुरु भएको हो । सौर्यका दुई वटा जहाज मध्ये सुरुवातमा एउटा जहाले भैरहवा, विराटनगर हुँदै राजधानीसम्मका लागि उडान गरिरहेकोमा लगत्तै नेपालगञ्ज, धनगढी र भद्रपुरबाट पनि उडान सुचारु भएको हो ।
१७ भाद्र २०७५, आईतवार २१:१० प्रकाशित