अमर मिलन बहुउद्देशिय सहकारी संस्था लिमीटेडले आफ्नो १२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुबेदीको प्रुमख आतिथ्यतामा संस्थाका १२ औं साधारण सभा सम्पन्न गरिएको हो ।
कार्यक्रममा संस्थाको बार्षिक अर्थिक प्रतिबेदन र संगठनिक प्रतिवेदन पेस गरिएको थियो । सहकारीले वर्षभरी नियमित बचत गर्ने उत्कृष्ठ बचतकर्ता तथा सेयर सदस्यहरुलाई समेत पुरस्कृत गरिएको थियो ।
संस्थाका अध्यक्ष दिप बहादुर शाहीको अध्यक्षतामा सम्पन्न गरिएको वार्षिक साधारण सभा कार्यक्रममा एसइइ परिक्षामा राम्रो अंक ल्याउन सफल एक छात्र र छात्रालाई सम्मान गरिएको थियो ।
जम्मा १२६ जना सेयर सदस्य रहेकाको उक्त सहकारीले गत आर्थिक वर्षमा १ करोड ७२ हजार भन्दा बढिको कारोबार गरेको जनाएको छ ।
१६ भाद्र २०७५, शनिबार १७:२६ प्रकाशित