निजी सवारीमा गाँउपालिकाका अध्यक्ष रुचाल
  • काँचुली खबर

बाँकेका प्रया सबै स्थानिय निकायका प्रमुख तथा उपप्रमुखहरुले करिब आधा करोड बराबरका सवारीका साधनहरु प्रयोग गर्दै आएता पनि बैजनाथ गाउँपालिका प्रमुख मानबहादुर रुचाल ठकुरी भे४प ७६२७ नम्बरको निजी मोटरसाइकल चढ्छन् । जिल्लाका अन्य स्थानीय सरकार प्रमुखले आधा करोडभन्दा बढीका स्कार्पियो गाडी चढिरहँदा उनी पुरानो मोटरसाइलकमा हुइँकिन्छन्् । ‘जनताले तिरेको करबाट महँगो कार किन्दिनँ र किन्न पनि दिन्नँ,’ उनले भने, ‘त्यो रकम विकासका काममा लगाउँछु, जनताकै सेवामा खर्च गर्छु ।’

सर्वसाधारणको करबाट करोडौं पर्ने कार किन्ने, चालक राख्ने र इन्धन खर्च पनि करबाटै उठाउने कुराको उनी विरोधी छन् । ‘त्यसो गर्दा गाडी किन्ने रकमबाहेक इन्धनमा मात्रै पौने करोड वार्षिक खर्च हुन्छ । यो रकम जोगाउने हो भने एउटा सानो विकासको काम हुन सक्छ,’ उनले भने, ‘त्यसैले गाडी चढ्ने सपना मेरो छैन ।’ उक्त गाउँपालिकामा तत्कालीन गाउँ विकास समितिले खरिद गरेको एउटा मोटरसाइकल छ । त्यो अहिले कर्मचारीले प्रयोग गर्छन् ।

गाउँपालिका प्रमुखले निजी सवारी प्रयोग गरेपछि वडाध्यक्षले पनि त्यसै गरेका छन् । ठकुरी सादगीपूर्ण जीवनशैली रुचाउँछन्। उनको कार्यकक्षमा एसी छैन । उपप्रमुख र अन्य कर्मचारीका कार्यकक्षमा सामान्य पंखा राखिएका छन्। सभाहलमा एसी राखिएको छ ।# Pic by Kantipur

  • १४ भाद्र २०७५, बिहीबार १२:०४ प्रकाशित
  • Nabintech