उर्जा मन्त्री पुन र साँसद गहतराजबिच भेटवार्ता
  • काँचुली खबर

बाँके क्षेत्र नं. १ का संघिय साँसद महेश्वर गहतराज अथकले आईतबार उर्जा मन्त्री वर्षमान पुन ‘अनन्त’ सँग भेटवार्ता गरेका छन । बाँकेको सबैभन्दा विकट क्षेत्रको रुपमा रहेको राप्तीपारीलाई विद्युतिकरणसँग जोड्ने अभियानमा जुटेका साँसद अथकले त्यसकालागि आवश्यक पक्रियाकाबारेमा मन्त्री पुनलाई जानकारी गराएका थिए ।
आईतबारको भेटमा राप्तीपारीका स्थानियहरुले भोग्नुपरेको नदि कटानको समस्याका बारेमा समेत छलफल गरिएको साँसद अथकले जानकारी दिए । निरन्तरको वर्षाका कारण नदीको बहाव बढेपछि त्यसक्षेत्रमा ब्यापक कटान भईरहेको भन्दै साँसद अथकले कटान नियन्त्रणकालागि आवश्यक पहल गर्न मन्त्री पुनसँग आग्रह समेत गरेका छन ।

  • १० भाद्र २०७५, आईतवार १८:५३ प्रकाशित
  • Nabintech