चितवनमा कुखुरासम्बन्धी वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • काँचुली खबर

आगामी कार्तिक ११ गतेदेखि १३ गतेसम्म चितवनमा कुखुरासम्बन्धि वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा कुखुरा सम्बन्धि अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको सम्मेलन हुने जानकारी गराइएको हो।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कुखुराको उचित व्यवस्थापन गरी मुलुकलाई समृद्ध बनाउन आवश्यक योजना, नीति तथा कार्यक्रम तय गर्ने उद्देश्यका साथ कुखुरासम्बन्धि अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको सम्मेलन आयोजना गर्न लागिएको सम्मेलन आयोजक समितिकी अध्यक्ष डा शारदा थपलियाले जानकारी दिए।

सम्मेलनमा भारत, जापान, अष्ट्रेलिया, जर्मन, बंगलादेश, इजिप्टलगायतका १० वटा देशका ५० भन्दा बढी कुखुरा वैज्ञानिकहरु सहभागी हुनेछन्।

नेपालमा हाल कुखुरा पालनबाट वार्षिक ३३ अर्ब ३२ करोड आम्दानी हुने गरेको सरकारी तथ्यांक छ। सम्मेलन कुखुरी पालनका क्षेत्रमा कार्यरत कृषकहरुलाई बढी उपयोगी हुने पनि अध्यक्ष थपलियाले बताए।

 

स्रोत : नेपाल लाइभ

  • ५ भाद्र २०७५, मंगलवार १३:५४ प्रकाशित
  • Nabintech