प्रचण्डकी छोरीले भोटेकोशीमा हाम फालिन
  • काँचुली खबर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी कान्छी छोरी गंगा दाहालले साहसिक मानिएको ‘बन्जी जम्प’ बाट हाम्फालेकी छन् ।

सिन्धुपाल्चोकको भोटेकोसीमा रहेको ‘द लास्ट रिसोर्ट’ मा उनले बन्जी जम्पबाट हाम्फालेकी हुन् । प्रायः विदेशी पर्यटक तथा खेलाडीहरूले मात्र बन्जी जम्प गर्ने गर्दछन् । ‘द लास्ट रिसोर्ट’ मा रहेको हाम्फाल्ने ठाउँबाट करिब १६० मिटर तल भोटेकोसीमा बन्जी जम्प गर्ने गरिन्छ ।

आफ्ना केही साथीहरूसँग भोटेकोसी घुम्न गएकी गंगाले बन्जी जम्प गरेको तस्बिर प्रकाश रायमाझीले फेसबुकमा पोस्ट गरेका छन् । आफ्ना बाबुआमा प्रचण्ड र सीतासँगै बस्दै आएकी गंगा पछिल्लो समय नेपालको पर्यटकीय घुमघाममा धेरै जाने गरेकी छन् ।

  • ३० श्रावण २०७५, बुधबार ०२:५२ प्रकाशित
  • Nabintech