३० कात्तिक, काठमाडौं । भारतमा जारी दृष्टिविहिन महिला टि २० विश्वकप क्रिकेटमा नेपाली टीमले किर्तिमानको वर्षा गर्दै अमेरिकालाई १० विकेटले पराजित गरेको छ । अमेरिकाले दिएको १८ रनको झिनो लक्ष्य नेपालले ४ बलमै भेट्यो।
टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ९.४ ओभर खेल्दै १७ रनको दयनीय स्कोरमा समेटिएको थियो । अमेरिकाका कुनै पनि ब्याटरले २ भन्दा धेरै रन बनाउन सकेनन् । नेपालकी दिलसरा धमलाले ३ विकेट लिइन् । जवाफी ब्याटिङमा नेपालले एक ओभर पनि पूरा नखेली खेल सकायो । दिलसराले ५ बलमा एक चौकासहित १२ रन हानिन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यो जितसँगै नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालले यसअघि अष्ट्रेलियालाई ८ विकेटले र श्रीलंकालाई ९ विकेटले हराएको थियो भने भारतसँग ८५ रनले हारेको थियो ।
१ मंसिर २०८२, आईतवार १५:०४ प्रकाशित