नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको बिरोध गर्न न सुहाउने टिप्पणी गरेकी छन्। कोइरालले आफुले पार्टीलाई सहि नेतृत्व दिन नसकि रहेका बेला ओली र कम्युनिस्ट सरकारको बिरोध गर्नु सोभनीय नहुने तर्क गरेकी छन् । उनले भनिन ‘उहाँको नेतृत्व असफल भैसकेको छ । उहाँकै कारण पार्टी कमजोर भएको छ । अब पार्टीलाई पुरानै विन्दुमा फर्काउन सक्षम नेतृत्व ल्याउनु पर्नेछ । खासगरी आफै प्रधानमन्त्री भएको बेलामा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अप्रत्यासित हार व्यहोरेपछि सभापति देउवामाथि असक्षको आरोप लागिरहेका छन्, के उहाँले अव सभापतिबाट राजीनामा दिएर बाटो खाली गर्दिनु पर्ने तपाईहरुको भनाई हो ?’
‘कुनै एउटा निर्वाचनमा पार्टीले पराजय व्यहोर्दैमा सभापतिले पदबाट राजीनामा दिनु पर्दैन । तर आफ्नो व्यवस्थापनको कमजोरीका कारण पार्टी पराजय भयो भनेर सभापतिले जिम्मेवारी बहन गर्नुपर्छ । त्यो उहाँले गर्नु भएन । पद नै छोड्नै पर्छ भन्न हामीलाई नैतिकताले दिदैन, किनकि उहाँ निर्वाचित सभापति हो । हाम्रो सुझाव यो मात्र हो कि पराजयको जिम्मेवारी लिएर नेता कार्यकर्तामा उत्साह थप्ने काम गर्नुस । यसभन्दा अगाडिका सभापति गिरिजाप्रसात कोइरालाको नेतृत्वमा भएको पहिलो प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेस पराजय व्यहोरेको थियो । पार्टीले पराजय व्यहोरेपछि गिरिजाबाबुले हारको जिम्मेवारी नेतृत्वका हैसियतमा आफुले लिएर नेता कार्यकर्तामा उत्साह थप्ने कार्य गर्नुहुन्थ्यो । अहिलेले देउवा जीले त्यो गर्न सक्नु भएन भन्ने मात्र हाम्रो भनाई हो ।’
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२२ श्रावण २०७५, मंगलवार २१:४७ प्रकाशित