१७ भदौ, कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरले मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार भदौ १३ गते कोहलपुर-११ बाट भे ११ प ९६७८ नम्बरको मोटरसाइकल चोरी गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा नेपालगञ्ज उप-महानगरपालिका-८ बस्ने ६० वर्षीय सहिद अहमद सिद्दिकीलाई नियन्त्रणमा लिएको जनाएको छ । उनले चोरी भएको मोटरसाइकल ३,००० रुपैयाँमा खरिद गरेको स्वीकार गरेका छन् ।
उनको बयानका आधारमा नेपालगञ्ज उप-महानगरपालिका-१७ घर भई भाटभटेनी अगाडि ग्यारेज सञ्चालन गर्दै आएका ३० वर्षीय समिम अहमदलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले नै सिद्दिकीलाई मोटरसाइकल बिक्री गरेको प्रहरीको भनाइ छ। समिमको ग्यारेज नजिकैबाट सो मोटरसाइकल फेला परेको थियो ।
यस्तै, नेपालगञ्ज उप-महानगरपालिका-८ घर भई धम्बोझीमा ग्यारेज सञ्चालन गर्दै आएका ४३ वर्षीय संजिव कुमार यादव र भारत, हरियाणा फरीदावादका ४२ वर्षीय आजाद अन्सारीलाई समेत प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको र उनीहरूलाई आवश्यक कानूनी प्रक्रिया अघि बढाइने जनाएको छ ।

१७ भाद्र २०८२, मंगलवार १८:३७ प्रकाशित