नेपाल बुद्धिजिवी संगठन कोहलपुरको अध्यक्षमा वली चयन
  • काँचुली खबर

१४ भदौ, कोहलपुर । नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजिवी संगठन कोहलपुरको अध्यक्षमा मान बहादुर वली निर्वाचित भएका छन । कोहलपुरमा सम्पन्न पहिलो सम्मेलनबाट वलीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित भएको हो ।

जसको उपाध्यक्षमा सुदिर सिंह, सचिवमा सुशिला थापा र कोषाध्यक्षमा ईश्वर खत्री चयन भएको संगठनले जानकारी दिएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

संगठनको सदस्यहरुमा हरी प्रसाद लामिछाने, मोविन सलानी, तिलाराम भण्डारी, मधुसुधन आचार्य, मुक्ती न्यौपाने, रमेश चौधरी, शारदा शर्मा, तिलक परियार, नारायण गौतम, तिलक विसी, गोबिन्द गौतम र पुर्ण बहादुर पुन रहेका छन् ।

थप ५ सदस्य पछि मनोनित गर्ने निर्णय भएको संगठनले जनाएको छ ।

सम्मेलनमा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सल्लाहकार शेषकान्त शर्मा, प्रदेश सदस्य नरेश केसी, बाँके जिल्ला संयोजक नरेन्द्र पाण्डे (जेम्स), नेपाल बुद्धिजीवी संगठन बाँकेका जिल्ला अध्यक्ष कृष्ण प्रसाद अधिकारी, उपाध्यक्ष बासु शर्मा तथा नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिका अध्यक्ष बल बहादुर खड्का (अबिरल) लगाएतको उपस्थिति रहेको थियो।

  • १४ भाद्र २०८२, शनिबार १६:२७ प्रकाशित
  • Nabintech