१३ भदौ, दाङ । आगामी असोज २५ गतेदेखि २७ गतेसम्म दाङमाअन्तर्राष्ट्रिय योग सम्मेलन हुने भएको छ । बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय परिसरमा आयोजना हुन लागेको सम्मेलनको बारे शुक्रबार जानकारी गराइएको छ ।
नेपाली जनताको सहयोगमा २०४३ साल मङ्सिर २५ गते स्थापना भएको र दाङको बेलझुण्डीमा केन्द्रीय कार्यालय रहेको नेपाल संस्कृत विश्वविद्यालयले अध्ययन, अध्यापन र अनुसन्धानका माध्यमबाट पौरस्त्य वाड्मय, सनातन परम्परा र योगविज्ञानको संरक्षण, संवर्द्धन तथा विश्वव्यापीकरणका लागि अनवरत प्रयास गर्दै आएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सम्मेलनको उद्घाटन नेपाल संस्कृत विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको मूल कार्यसमिति संयोजक प्रा।डा सुधनकुमार पौडेलले जानकारी दिए ।
सम्मेलनमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त विद्वान, विदणी, बोगसाधक, आध्यात्मिक चिन्तक, अनुसन्धाता र प्राज्ञिक व्यक्तित्वहरूबाट योगदर्शनका शास्त्रीय तथा आधुनिक विषयवस्तुसँग सम्बन्धित तीसभन्दा बढी अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत गर्ने तयारी मूल कार्यसमिति संयोजक प्रा।डा सुधनकुमार पौडेलले जानकारी दिए ।
सम्मेलन अवधिभर प्रतिदिन प्रातः कालमा एक हजार जनाले सामूहिक योगाभ्यास गर्ने कार्यक्रम पनि तय गरिएको छ । सम्मेलनमा शास्त्रीय विधिपूर्वक रुद्रयाग, अग्निपूजन, गायत्री उपासना र गुरु गोरखनाथको धुनी जगाउने चत्रित्वंध यज्ञकर्म पनि सञ्चालन हुनेछन् ।
यसका साथै यौगिक आहार बिहारबारे जानकारी गराउन विभिन्न स्टलहरूको स्थापना, योग र स्वास्थ्यसँग सम्बन्धित प्रवचन, स्वास्थ्य शिविर, आयुर्वेदिक उपचार कर्म र रक्तदानका कार्यक्रम समेत सञ्चालन हुनेछन् ।
सम्मेलनमा सहभागी हुने विशिष्ट विदेशी अभ्यागतहरूलाई दाङ जिल्लाका धार्मिक, ऐतिहासिक र सांस्कृतिक स्थलहरूको अध्ययन भ्रमण गराउनुका साथै नेपालका विभिन्न धार्मिक स्थलहरूको भ्रमण गर्न प्रेरित गरिनेछ ।
सम्मेलनमा पचास देशका पाँच हजार बढी व्यक्तिको सहभागिता रहने छ । सम्मेलन सम्पन्न गर्नका लागि विश्वविद्यालयले १३ सदस्यीय मूल कार्यसमिति गठन गरेको छ भने हालसम्म एक्काइस वटा उपसमितिहरू गठन भैसकेका छन् ।
नेपालकै गौरवका रूपमा रहेको सम्मेलन सफल पार्न प्रा.डा. पौडेलले सबैलाई आग्रह गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालयका कुल सचिव माधव अधिकारीले २०१० सालमा भूमि सम्मेलन गरेर भूमि सङ्कलन गरेको बताए ।
२०२२ सालमा आध्यात्मिक सम्मेलन भएको र २०२४ सालमा विद्धत सम्मेलन गरि देश भर चिनाउने काम भएको बताए । जनताको साथ सहयोगमा स्थापना भएको संस्कृत विद्यालयले अहिले गर्न थालेको अन्तर्राष्ट्रिय योग सम्मेलनलाई सबैले साथ सहयोगले सफल पार्नुपर्ने बताए ।
१३ भाद्र २०८२, शुक्रबार १८:१९ प्रकाशित