३१ साउन, कोहलपुर । अखिल नेपाल ट्रेड युनियन महासंघ कोहलपुर नगर समिति पुर्नगठन गरीएको छ । शनिबार सहिद स्मृती केन्द्र कोहलपुरमा सम्पन्न भएको दोस्रो भेलाबाट भुम बहादुर घर्ती (सर्जन) को अध्यक्षतामा १४ सदस्यीय समिति गठन गरीएको हो ।
संजय परियारको अध्यक्षता तथा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय उप-महासचिव दान बहादुर वलीको प्रमुख उपस्थितीमा सम्पन्न भेलाबाट समितिको उपाध्यक्षमा प्रेम बहादुर खत्री, सचिवमा तिलक पोखरेल, सह-सचिवमा प्रधुमन कुमार र कोषाध्यक्षमा शसिकला रामजाली चयन भएका छन । त्यसैगरी सदस्यहरुमा आईपी ढकाल, पारस पुन, पुरन थारु, लक्ष्मी थापा, जगदिश प्रसाद तमौली, अर्जुन सिंह सुनार, नर बहादुर खड्का, बिमला चौधरी र आशाराम खटीक चयन भएका छन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बाँके ईन्चार्ज पूर्णा कुमारी सुवेदी, जिल्ला संयोजक नरेन्द्र पाण्डे (जेम्स), अखिल नेपाल ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त मल्ल, नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समिति अध्यक्ष बल बहादुर खड्का (अविरल) लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
३२ श्रावण २०८२, शनिबार १८:४३ प्रकाशित