बाटो मर्मतकालागी माओवादीले गर्यो सडकबाटै खबरदारी

सडक डिभिजन कार्यालय नेपालगन्जमा तालाबन्दी गर्ने चेतावनी

  • काँचुली खबर

२८ साउन, कोहलपुर । कोहलपुर-नेपालगन्ज सडकखण्ड तत्काल मर्मतको माग गर्दै सडकमै उभिएर खबरदारी गरिएको छ । नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले बुधबार सडकमा नै पत्रकार सम्मेलन आयोजना गरी जीर्ण सडक तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको हो ।

हवल्दारपुरस्थित सडक खण्डमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिका अध्यक्ष बल बहादुर खड्का (अबिरल) ले लामो समयदेखि कोहलपुर-नेपालगन्ज सडकखण्ड मर्मत नहुँदा सवारीसाधन मात्र नभई पैदल यात्रु समेत जोखिममा परेको बताए । सडक मर्मतकालागी खनेर छाडीएका कारण दुर्घटनाको जोखिम बढेको उल्लेख गर्दै खड्काले तत्काल मर्मत प्रक्रिया सुरु नगरे सडक डिभिजन कार्यालय नेपालगनजममा तालाबन्दी गरीने चेतावनी समेत दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सडक मर्मतकालागी यहि २१ गते जिल्ला प्रशासन कार्यालय बाँके र सडक डिभिजन कार्यालयलाई ७ दिने अल्टिमेटम सहित ध्यानाकर्षण पत्र बुझाईएको जानकारी दिदैं अध्यक्ष खड्काले सम्बन्धित निकायबाट कुनै प्रक्रिया सुरु नभएकाले दवावस्वरुप पत्रकार सम्मेलन गर्नुपरेको बताए । पत्रकार सम्मेलनबाटै एक हप्ताको अल्टिमेटम दिदैं खड्काले भने, “पहिलो चरणमा ध्यानाकर्षण पत्र बुझाएका थियौं, त्यसको कुनै सुनुवाई भएन । अब पनि ७ दिनभित्र सडक मर्मत प्रक्रिया सुरु नभए सडक डिभिजन कार्यालयमा तालाबन्दी गर्न बाध्य हुनेछौं ।”

सडक डिभिजन कार्यालयलाई माओवादीकाे ७ दिने अल्टिमेटम

सार्वजनिक सरोकारका विषयहरुमा माओवादी केन्द्रले निरन्तर खबरदारी गर्दै आएको उल्लेख गर्दै खड्काले सडक जस्तो अति सम्वेदनशिल विषयमा निर्माण कम्पनी र सडक डिभिजन कार्यालयबाटै खेलवाड भईरहेको भन्दै सचेत हुन सबैलाई आह्वान समेत गरेका छन ।

स्मरण रहोस सडक मर्मतकालागी खनेको खाल्डोमा मोटरसाईकल दुर्घटना हुँदा गत जेठ २१ गते कोहलपुर २ का ३३ वर्षिय सरोज मरासिनीले ज्यान गुमाएका थिए । मर्मतकालागि खनेर छाडिएको सडकमा भे९प ८१५७ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा उनको मृत्यु भएको थियो ।

नेपालगन्जबाट फर्किदै थिए, दुर्घटनामा ज्यान गुमाए #

  • २९ श्रावण २०८२, बुधबार १३:२७ प्रकाशित
  • Nabintech