२३ साउन, बैजनाथ । बाँकेकाे बैजनाथ गाउँपालिका वडा नं.३ का वडाध्यक्ष निखिल बैगार पक्राउ परेका छन । शिक्षा ऐन सम्बन्धी कसुर (सट्टा परीक्षा) मुद्दामा फरार रहेका बैगारलाई इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेको सहयोगमा जिल्ला प्रहरी कार्यालय जाजरकोटले पक्राउ गरेको हो।
बैगारले आफुले दिनुपर्ने परीक्षामा अर्कै नक्कली परिक्षार्थी खडा गरी परिक्षा दिदैं गरेको भेटिए पछि सट्टा परीक्षा मुद्दामा प्रहरीले पक्राउ गरेको बताईएकाे छ । वडाध्यक्ष बैगारले कक्षा १२ को परीक्षामा अरु नै व्यक्तिलाई आफ्नो नामबाट उपस्थित गराएर सम्पूर्ण विषयको परिक्षा दिन लगाएका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौँमार्फत प्राप्त जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको यो मुद्दामा ३७ वर्षीय बैगारलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।
जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट २०८२ असार ३२ गते पक्राउ अनुमति प्राप्त भएपछि खोजतलासका क्रममा बैगारलाई साउन २१ गते बिहान उनकै घरबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटले शिक्षा ऐन सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।
नेपाली कांग्रेसका नेता बैगार प्यानलसहित वडाध्यक्षमा विजयी भएका थिए । एमालेका उम्मेदवारलाई हराउदै कांग्रेसका नेता बैगारले चार सय ४० मत बढी ल्याएर विजयी भएका थिए । बैगारले एक हजार ६ सय ३६ मत पाएका थिए भने एमालेका उम्मेदवारले एक हजार एक सय ९६ मत ल्याएका थिए ।
२४ श्रावण २०८२, शुक्रबार ०९:४१ प्रकाशित