श्रमदानबाट निर्मित शिव मन्दिरको उद्घाटन
  • काँचुली खबर

१६ साउन, कोहलपुर । कोहलपुर नगरपालिका वडा नं. ७ जोगी डाँडामा निर्माण गरीएको शिव मन्दिरको उद्घाटन गरीएको छ । आज एक औपचारिक कार्यक्रमका बिचमा कोहलपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख संगिता सुवेदीको उपस्थितीमा मन्दिरको उद्घाटन तथा मुर्ती स्थापना गरिएको हो ।

मन्दिरको उद्घाटन गर्दै कार्यवहाक नगर प्रमुख सुवेदीले धार्मिक महत्वका सम्पदाहरुको संरक्षण गर्नुपर्ने बताईन । उनले नगरपालिकाकाे आर्थिक सहयोग र स्थानियहरुको श्रमदानमा निर्मित मन्दिरले धार्मिक सहिष्णुता कायम गर्न मद्दत मिल्ने जिकिर समेत गरीन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

गत आर्थिक वर्षको मंसिर महिनाबाट सुरु गरिएको मन्दिर निर्माणको काम सम्पन्न भई मन्दिर सन्चालनमा आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठले बताए । स्थानिय टोल विकास समितिको पहलमा निर्माण सम्पन्न गरिएको मन्दिरमा स्थानिय १०८ घरधुरीबाट रु. ५०० का दरले रकम संकलन गरीएको श्रेष्ठले बताए ।

काेहलपुर नगरपालिकाकाे ३ लाख सहयोग र स्थानियको श्रमदानबाट मन्दिर निर्माण गरीएको जनप्रतिनिधि ठग्गा थारुले बताए । स्थानियहरुको माग अनुसार मन्दिर स्थापना गरीएको बताउँदै थारुले यसबाट स्थानियलाई सहज हुनुका साथै सद्भावको सन्देश प्रवाह हुने विश्वास समेत व्यक्त गरे ।

शक्ती सामुदायिक वनले प्रदान गरेको उक्त ठाँउमा मन्दिर निर्माण पछि स्थानियहरु खुशी भएका छन । मन्दिरको उद्घाटन तथा मुर्ती स्थापनाको अवसरमा स्थानियहरुले पुजाअर्चनासागै नाचगान गरेका थिए ।

  • १७ श्रावण २०८२, शुक्रबार १८:४३ प्रकाशित
  • Nabintech