१६ साउन, कोहलपुर । योङ्ग कम्युनिस्ट लिग नेपाल (YCL) ले बाँकेमा २ महिने श्रम तथा उत्पादन अभियान सुरु गरेको छ । शुक्रबार कोहलपुर क्रिकेट मैदान परिसरमा सरसफाइ तथा वृक्षारोपण गरेर अभियानको सुरुवात गरीएको हो ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेले अभियानको विधिवत सुरुवात गरेको YCL बाँकेका ईन्चार्ज आकाश कार्कीले जानकारी दिए । उत्पादन तथा श्रम अभियानको सुरुवात गर्दै नेता न्यौपानेले YCL ले सुशासन, उत्पादन र समाजिक कामको अगुवाई गर्नुपर्ने बताए । उनले युवाहरूमा आशा जगाउन रचनात्मक कामहरू गर्नुपर्नेमा उनको जोड दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
माओवादी पार्टीको सहायक सङ्गठन YCL पछिल्लो समय देशभर लाखौ युवाहरूको भरोसाको केन्द्रका रुपमा विकास भएको उनको भनाई थियो ।

उक्त कार्यक्रममा युवा नेता तथा नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य सुरज जागा, नेकपा (माओवादी केन्द्र) कोहलपुरका अध्यक्ष बल बहादुर खड्का, बाइसिएलका केन्द्रीय सचिव दीपक मल्ल, केन्द्रीय सचिवालय सदस्य तथा बाँके इन्चार्ज आकाश कार्की, केन्द्रीय सदस्य प्रमिला चौधरी, सविना सिह, वाईसीएल कोहलपुर अध्यक्ष विजय परियार लगायत दर्जनौँ नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
२ महिने अभियान अन्तरगत समाजिक काम, जनसेवा र सुशासन लगायतका क्षेत्रमा काम गरिने YCL बाँकेका नेता लाल बहादुर खड्काले जानकारी दिए ।
१७ श्रावण २०८२, शुक्रबार १७:४४ प्रकाशित