गोरखामा मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न
  • काँचुली खबर

२ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा एक दिने मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न भएको छ । नेपाल मानव अधिकार शिक्षा समाज र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजना तथा गोरखा स्कुलको संयोजनमा गोरखा स्कुलका शिक्षक तथा कर्मचारीहरुकालागी मानव अधिकार शिक्षा कार्यक्रम संचालन गरीएको हो ।

कार्यक्रमको कोहलपुर नगरपालिकाका उप-प्रमुख संगिता सुवेदीले उद्घाटन गरेकी थिईन । कार्यक्रमको उद्घाटन गर्दै सुवेदीले हरेक नागरीक मानव अधिकारका बारेमा जानकार हुनुपर्ने बताईन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

दुई चरणमा संचालन गरीएको कार्यक्रमको पहिलो सेसनमा प्रा.डा. गोबिन्द ढकालले कार्यक्रमको उद्देश्य माथी प्रकाश पारेका थिए । उनले मानव अधिकारसम्बन्धी जानकारी दिने उद्देश्यले हरेक वर्ष देशभरका २२ जिल्लामा मानव अधिकार शिक्षा कार्यक्रम संचालन गर्दै आईरहेको जानकारी दिदैं कोहलपुरमा पहिलो पटक कार्यक्रम आयोजना गरीएको बताए ।

मानव अधिकारका बारेमा सचेतना फैलाउने दायित्व सरकारको भए पनि गैरसरकारी संस्थाले त्यसको जिम्मेवारी बोध गर्नुपरेको उल्लेख गर्दै उनले मानव अधिकार शिक्षा दिनु सबैको कर्तब्य भएको बताए ।

त्यसैगरी कार्यक्रमको दोस्रो चरणमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । त्रिपाठीले मानव अधिकारको वर्तमान अवस्था र मानव अधिकारका सवालका विषयमा प्रशिक्षण दिएको गोरखा स्कुलका प्रशासकिय अधिकृत कर्ण बहादुर बस्नेतले जानकारी दिए ।

गोरखा स्कुलका संस्थापक तथा संचालक अध्यक्ष केशर बहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी खनाल, ट्राफिक प्रहरी कार्यालयका सई प्रकाशदत्त जोशी, कोहलपुर नगरपालिकाका रोजगार संयोजक आशिष वर्मा, गोरखा स्कुलका शैक्षिक सल्लाहकार राजेन्द्र बहादुर गुरुङ लगाएतको उपस्थिति रहेको थियो ।

  • ३ श्रावण २०८२, शुक्रबार १८:२१ प्रकाशित
  • Nabintech