संयुक्त दलिय मोर्चा’ द्वारा काेहलपुर नगरपालिकालाई ध्यानाकर्षण
  • काँचुली खबर

२ साउन, काेहलपुर । काेहलपुरका १२ राजनितिक दलहरूकाे ‘संयुक्त दलिय मोर्चा’ ले काेहलपुर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएकाे छ । शुक्रबार काेहलपुरमा क्रियाशील नेकपा माओवादी केन्द्र लगायत १२ राजनैतिक दलहरूकाे ‘संयुक्त दलिय मोर्चा’ ले नेपाली काँग्रेस र नेकपा एमालेको पार्टी कार्यालय सञ्चालनार्थ सार्वजनिक जग्गा बितरण गर्ने प्रक्रिया अगाडि बढाएको प्रति आपत्ति जनाउँदै काेहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।

कोहलपुर नगरपालिकाले १६औ नगरसभाबाट सुशील कोइराला स्मृति प्रतिष्ठान र मदन आश्रित स्मृति प्रतिष्ठानको नाममा क्रमश: ३ कठ्ठा र २ कठ्ठा १७ धुर जग्गा भवन निर्माणकालागी दिने निर्णय गरेको प्रति माेर्चाले आपत्ति जनाएकाे हाे । उक्त जग्गा बितरण गर्ने प्रक्रिया रोक्न माग गर्दै माेर्चाले सार्वजनिक सम्पतीको संरक्षणमा ध्यान दिन समेत आग्रह गरेकाे छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

माेर्चाकाे तर्फबाट ध्यानाकर्षण पत्र बुझाउँदै नेकपा (माओवादी केन्द्र) काेहलपुर नगर समितिका अध्यक्ष बल बहादुर खड्का (अविरल) ले विगतमा पनि सोही विषयमा कोहलपुर नगरपालिकालाई ध्यानाकर्षण गराइएको स्मरण गर्दै जग्गा बितरण प्रक्रिया नरोके कानुनी लगायत अन्य सङ्घर्षका कार्यक्रम गरिने बताए ।

ध्यानाकर्षण पत्र बुझ्दै काेहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले स्थानिय सरकारलाई जग्गा उपलब्ध गराउने अधिकार नभएकाे बताए । जग्गा माग गर्दै दुई प्रतिष्ठानबाट निवेदन आएपछि नगर कार्यपालिकाकाे बैठकले नै सम्बन्धि निकायमा जग्गा उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेकाे दावी गर्दै प्रमुख आचार्यले राष्ट्रिय स्तरमा ख्याति कमाएका व्यक्तिहरूका विषयमा विवाद गर्न नहुने बताए ।

उनले ध्यानाकर्षण पत्रमा उठाईएका विषयका बारेमा कार्यपालिका बैठकमा छलफल गर्ने प्रतिवद्दता जनाएका थिए ।

ध्यानाकर्षण पत्रमा नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राप्रपा, नेकपा एस, नेकपा बहुमत, जनता समाजवादी पार्टी नेपाल र क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रमुख तथा प्रतिनिधिले हस्ताक्षर गरेका छन ।

  • ३ श्रावण २०८२, शुक्रबार १६:२५ प्रकाशित
  • Nabintech