३० असार, दाङ । पश्चिम दाङको बबई नदिमा डुबेर दुइजना युवाको मृत्यु भएको छ ।
बबई गाउँपालिकाको पुरन्धारा छहरा नजिकै पौडी खेल्ने क्रममा आज तुलसीपुरका कुशल बुढामगर र बिधान केसी डुबेर बेपत्ता भएका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
इलाका प्रहरी कार्यालय खितलपुरका इन्स्पेक्टर खिम बहादुर खड्काका अनुसार उनीहरू ६ जनाको समूहमा घुमफिरका लागि पुरन्धारा छहरा पुगेका थिए । सोही क्रममा दिउँसो करिब २ बजेतिर बिधान नदीमा नुहाउन पसेका थिए । पानीको बहाव तेज भएका कारण उनी बग्न थालेपछि साथीलाई बचाउन कुशल पनि नदीमा हाम फालेका थिए । तर, दुबै जना डुबेर बेपत्ता भए ।
खोजीपछि उनीहरूको शव घटनास्थलदेखि केही मिटर तल फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको छ।
मृतक दुवैजना कलेज पढ्ने विद्यार्थी हुन् ।
३० असार २०८२, सोमबार १७:५१ प्रकाशित