२७ असार, कोहलपुर । दलित सेवा संघद्वारा सञ्चालित सामुदायिक रेडियो प्रतिबोध एफ.एम. १०२.३ मेगाहर्जले स्थापनाको १५ वर्षपछि आफ्नै भवनबाट प्रशारण सुरु गरेको छ । एफएमको १५औं वार्षिक उत्सव तथा स्थापना दिवसका अवसरमा शुक्रबार एफएमको नवनिर्मित भवनबाट प्रशारण सुभारम्भ गरीएको हो ।
यसअघि कोहलपुर नगरपालिका वडा नं. ११ गोलपार्क नजिकै भाडाको घरबाट संचालन भईरहेको एफएमका सम्पूर्ण गतिविधिहरु अबदेखी कोहलपुर-१०, विद्यानगरमा निर्माण गरीएको दुई तले भवनबाट संचालन हुने बताईएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यसैबिच रेडियो स्थापनाको १५औं वार्षिक उत्सवका अवसरमा विशेष कार्यक्रमको आयोजना गरीएको छ । रेडियोका अध्यक्ष शिवकुमार सुनारको अध्यक्षता तथा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा शुक्रबार १५औं वार्षिक उत्सव तथा स्थापना दिवस मनाईएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले रेडियो प्रतिबोधलाई केवल एउटा प्रसारण केन्द्र नभई, सामाजिक न्यायको बलियो मञ्चको रूपमा व्याख्या गरे । “आजको युग सूचना र संचारको हो, तर सबैको पहुँचमा छैन । यस्तो अवस्थामा प्रतिबोध एफएमजस्तो सामुदायिक रेडियोले समाजमा आवाज पुग्न नसकेकाहरूका कुरा बोलिदिएको छ,” सञ्चारकर्मीको परिश्रम, जोखिम र निष्पक्षताप्रति उच्च सम्मान प्रकट गर्दै उनले भने, “मैले विगतमा पनि रेडियोलाई साथ दिएको छु, अब रमेत संचार क्षेत्रलाई नगरपालिकाको नीतिगत प्राथमिकतामा समेट्ने प्रतिबद्धता जाहेर गर्दछु ।”

कार्यक्रमका विशिष्ट अतिथि कोहलपुर नगरपालिका सामाजिक विकास शाखा संयोजक ईश्वरप्रसाद विश्वकर्माले प्रतिबोध एफएम सामाजिक समावेशीकरणको अभ्यास गर्ने संस्थान भएको बताए । गरिब, दलित र ग्रामीण क्षेत्रका पीडा समाजसामु ल्याउने काम गर्दै आएको प्रतिबोध एफएमसँग सहकार्य गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै विश्वकर्माले आगामी दिनमा समेत समाज रुपान्तरणमा निरन्तर क्रियाशिल रहन आग्रह गरे ।
दलित सेवा संघ नेपालका केन्द्रीय महासचिव कृष्णबहादुर बिकले प्रतिबोध एफएमलाई दलित आन्दोलनसँग जोडिएको एक निश्चल आवाजको प्रतीकका रूपमा व्याख्या गरे । उनले भने, “हामी सडकमा हिँड्थ्यौं, नाराबाजी गर्थ्यौं, तर आवाज सिमित हुन्थ्यो । एफएम स्थापना भएपछिको दिनदेखि हामी आफ्ना कुरा घरघरमा सुनाउन सक्षम भयौं ।”
दलित सेवासँग बाँकेका अध्यक्ष बुद्धबहादुर सुनालले सामुदायिक सञ्चारको मूल मन्त्र नै प्रतिबोधले जीवीत राखेको बताए।
कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष उपेन्द्रनाथ योगी, कार्यपालिका सदस्यहरू भूपराज दर्जी र सुनिता सुनार, वडा नं. १३ की रूपकली बिक, प्रेस सेन्टर नेपाल लम्बिनी प्रदेश अध्यक्ष प्रदिप वाग्ले, विद्यानगर टोल विकास संस्थाका अध्यक्ष विष्णुप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व कार्यवहाक अध्यक्ष संगिन शर्मा, प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगी, पत्रकार महासंघ बाँकेका सहसचिव रविन्द्रसिंह ठकुरी, सन्चारिका समूहकी अध्यक्ष पवित्रा परियार, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य कुशल दलामी, प्रतिबोध एफएमकी कोषाध्यक्ष तथा सङ्घर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक तुलसी सुनारलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम सञ्चालकको जिम्मेवारी एफएमका स्टेशन म्यानेजर हेमन्त विकले सम्हालेका थिए । वि.सं. २०६७ सालमा स्थापना भएको रेडियोले यस बिचमा विभिन्न आरोह अबरोहको सामना गर्दै आफुलाई स्थापित गर्न सफल भएको बताए । उनले एफएमको १५ वर्षे यात्रा, कार्यक्रमहरू, उपलब्धिहरू र भविष्य योजनाका बारेमा जानकारी समेत एिका थिए ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष शिवकुमार सुनारले भने, “यो केवल एफएम होइन, यो हाम्रा हरेक चोट, चेत र चाहनाको ध्वनि हो। हामी बोलेका छौं, ताकि भोलिका पुस्ताहरू चुप बस्न नपरोस्।” उनले आगामी दिनमा अझ व्यापक सहभागीता, जिम्मेवार पत्रकारिता र समुदायमैत्री सामग्री निर्माण गर्ने अठोट समेत व्यक्त गरे ।
२७ असार २०८२, शुक्रबार १६:०७ प्रकाशित