२६ असार, बर्दिया । यतिबेला बारबर्दिया नगरपालिकाको गुमस्ता गाँउ शोकमा छ । मङ्गलबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीमा ३३ वर्षीय छोरा जिपन चौधरी बेपत्ता भएपछि उनको परिवारमा बज्रपात परेको छ । जिपनसँगै बर्दियाबाट कामका लागि रसुवा पुगेका बारबर्दिया नगरपालिका-१० फेनापतिका ३२ वर्षीय सन्तोष दहित, २५ वर्षीय बुद्धिराम चौधरी बारबर्दिया-९ का ३० वर्षीय सुरेश थारू र बढैयाताल गाउँपालिका-६ भदहीका २१ वर्षीय लक्ष्मीनारायण थारू मङ्गलबार रातिको बाढीमा परेर बेपत्ता भएपछि अहिले पूरै बारबर्दिया नगरपालिका शोकमा डुबेको छ । कमाउन गएका छोरा बेपत्ता भएपछि परिवार विक्षिप्त बनेको छ ।
मङ्गलबार बिहान घरमा बसिरहेका जिपनका बाबु रुन्चे चौधरीलाई वडा नं. २ का मानिसले छोराको मोबाइल नम्बर सोधेपछि छोरा बेपत्ता भएको खबर पाएका थिए । मङ्गलबार राति १० बजे गर्भवती श्रीमती अनिता चौधरीसँग फोन सम्पर्क गरेका जिपन बेपत्ता भएपछि परिवारमा बज्रपात परेको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
पाँच वर्ष पहिला कामको सिलसिलामा भोटेकोशी पुगेका जिपन गत चैतमा पुनः भोटेकोशी गएको परिवारले जनाएको छ । जिपनसँगै बाढीमा बेपत्ता हुने सन्तोष दहित जिपनका जेठान हुन भने बुद्धिराम चौधरी जिपनका साला पर्छन । एउटै परिवारभित्रका तीन जनालाई बाढीले बगाएपछि अहिले गाउँ मात्र होइन, बारबर्दिया नगरपालिका नै शोकमा डुबेको छ ।
पाँच वर्षदेखि परिश्रम गरेर काम गरेर पैसा कमाएर उनले श्रीमतीका लागि पसल खोलिएिका थिए । जिपनका बुवा रुन्चे चौधरीले चैतमा काममा जाँदा परिवारलाई सहज होस् भनेर पसल सञ्चालन गरेर गएको बताए ।
उनले भने, “अहिले सबै बन्द छ ।” उनकी श्रीमती अनिता चौधरीले कामका लागि रसुवा पुगेका जिपनले सोमबार राति श्रीमतीलाई फोन गरेर स्वास्थ्यको ख्याल राख्न भनेको बताईन। श्रीमतीसँगको त्यो फोन नै जिपनको अन्तिम फोन भयो । जिपनकी आमा हिरामोती चौधरीले परिवार पालनपोषणको जिम्मेवारी बोकेको छोरा बाढीमा बेपत्ता भएको खबरले परिवारमा ठुलो बज्रपात परेको बताईन ।
मिजासिलो स्वभाव भएका जिपन बेपत्ता भएको खबरले आफू विक्षिप्त भएको उनका स्कुलका साथी विश्वास सिंहले बताए । बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कठायतले मङ्गलबार बिहान बाढीबाट बेपत्ता भएका परिवारको स्थायी ठेगाना पत्ता लगाउने काम भइरहेको बताए ।
२६ असार २०८२, बिहीबार १४:४९ प्रकाशित