अव्यवस्थित वसोवासीको पुर्जामा लगाईएको बन्देज हटाउन माग
  • काँचुली खबर

२२ असार, कोहलपुर । नेकपा माओवादी केन्द्र कोहलपुरले अव्यवस्थित बसोवासीले प्राप्त गरेका जग्गा धनी प्रमाणपुर्जा तत्काल बेचबिखन देखी सबै काम गर्न पाउनुपर्ने माग गरेको छ । भूमि आयोग बाँकेका अध्यक्ष धननाथ खनाललाई आइतबार एक ध्यानाकर्षण पत्र बुझाउदै यस्तो माग गरेको हो ।

माओवादी केन्द्र कोहलपुरका अध्यक्ष बल बहादुर खड्काले १० वर्ष भन्दा बढि समय आफूले उपभोग गरेको जग्गा राज्यलाई चलनचल्तीको मूल्यको १० प्रतिशत कर तिरेर लिएको जग्गा धनी प्रमाण पुर्जा तत्काल बेचविखन वा हक हस्तान्तरण गर्न पाउनुपर्ने माग गरेका हुन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनले वितरण गरेका जग्गा धनी प्रमाण पुर्जा तत्काल स्रेस्ता कायम गर्न, व्यक्ति बाहेक अन्य निकायले भोग चलन गरेको जग्गाको प्रमाण पुर्जा समेत वितरण गर्न तथा अवस्था हेरेर अव्यवस्थित वसोवासीले तिर्नुपर्ने १० प्रतिशत राजस्व छुट गर्न माग गरे । भूमि आयोगले वितरण गरेको पुर्जामा १० वर्षसम्म अपुताली र अंशबन्डा बाहेक बेचविखन गर्न नपाइने उल्लेख गरिएको प्रति आफूहरूको ध्यानाकर्षण भएको उनको भनाई छ ।

ध्यानाकर्षण पत्र बुझ्दै भूमि आयोग बाँकेका अध्यक्ष धननाथ खनालले माओवादी केन्द्रले उठाएका मागहरूमा आफ्नो ध्यान आर्कषण भएको भन्दै यसको नीतिगत व्यवस्थाका लागी आफूले कुरा उठाउने बताए । केही दिन भित्रै आफूले आयोग र मन्त्रालयमा पुगेर यस बारे कुरा उठाउने जानकारी दिए । उक्त माग बारे आफूले तराईका २२ जिल्लाका अध्यक्षहरूसँग मिलेर सामूहिक तवरले उक्त विषय सम्बोधनका लागी जानकारी समेत दिए ।

जिल्लामा भूमि आयोगको कामका लागी सबै क्षेत्रबाट सकारात्मक सहयोग भई रहेको बताउँदै उनले जनताको सहजताका लागी उठाइएका माग मुद्दाहरू सम्बोधनका लागी आफूले पहल गर्ने जानकारी दिए । बाँके जिल्लामा बिभिन्न समस्याहरूको बिच ७ वटा पालिकाहरूमा तिब्रगतिमा भूमि आयोगको काम अगाडि बढेको अध्यक्ष खनालले जानकारी दिए ।

डुडुवा गाउँपालिकामा भने आयोगको काम अगाडि बढ्न सकेको छैन । पालिकाले चासो नदिएकै कारण काम अगाडि नबढेको अध्यक्ष खनालले बताए ।

  • २२ असार २०८२, आईतवार १४:२० प्रकाशित
  • Nabintech