बैजनाथमा सडेको अवस्थामा भेटियो पुरुषको शव
  • काँचुली खबर

६ असार, कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ६ मा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । गडरहि नजिक पूर्व-पश्चिम राजमार्गदेखि करिब ३० फिट दक्षिणतर्फ जमेको पानीमा पुरुषको शव भेटिएको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, स्थानीयवासीको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले आज शुक्रबार बिहान करिब ९ बजे उक्त शव फेला परेको जनाएको छ । घटनास्थलमा प्रहरी टोलिले मृतकको साथबाट बरामद कागजातका आधारमा उक्त शव बैजनाथ गाउँपालिका-३ निवासी ६५ वर्षीय रन बहादुर दमाईको भएको अनुमान गरेको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रहरीका अनुसार शव अत्यधिक सडेको अवस्थामा फेला परेकाले घटना केही दिन अगाडि नै भएको अनुमान गरिएको छ ।

प्रहरीले परिवारका सदस्य र स्थानीय जनप्रतिनिधिहरूलाई जानकारी गराई घटनाबारे थप अनुसन्धान गरिरहेको छ भने मृतक शव पोष्टमाटमकालागि भेरी अस्पताल लैजाने तयारी रहेको जनाएको छ ।

  • ६ असार २०८२, शुक्रबार १२:२३ प्रकाशित
  • Nabintech