नापी र मातपोत कार्यालयमा बिचौलीयाको प्रवेश निषेध गर्न माओवादीको माग
  • काँचुली खबर

४ असार, कोहलपुर । नेकपा (माओवादी केन्द्र) ले कोहलपुरको नापी तथा मालपोत कार्यालयमा बिचौलीयाको प्रवेश निषेध गर्न माग गरेको छ । माओवादी केन्द्र कोहलपुर नगर समितिका अध्यक्ष बलबहादुर खड्का (अबिरल) को नेतृत्वमा बुधबार कोहलपुरस्थित नापी र मालपोत कार्यालयलाई छुट्टा-छुट्टै ध्यानाकर्षण-पत्र बुझाउँदै पार्टीले कार्यालयमा बिचौलीयाको प्रवेश निषेध गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन गर्न माग गरेको हो ।

नापी कार्यालय कोहलपुरका प्रमुख प्रशान्त घिमिरेलाई ध्यानाकर्षणपत्र बुझाउँदै अध्यक्ष खड्काले कार्यालयमा देखिएका समस्या तत्काल समाधान गर्न समेत आग्रह गरेका छन । कोहलपुर नगरपालिकाको समग्र विकास र परिवर्तन तथा आम कोहलपुरवसीले बिभिन्न क्षेत्रबाट प्राप्त गर्ने सेवा सुबिधामा प्रत्यक्ष जिम्मेवारी बहन गर्न पार्टीले आवाज उठाउँदै आईरहको बताउँदै खड्काले नगरपालिका भित्र रहेका सरकारी तथा अर्धसरकारी निकायमा हुने ढिलासुस्ती र समसामयिक समस्याहरुलाई मध्यनजर गर्दै सम्बन्धित निकायलाई जिम्मेवार बनाउन पार्टीले अभियान संचालन गरेको बताए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

खड्काले नापी र मालपोत कार्यालयबाट सेवा लिने सेवाग्राहीहरुले निरन्तर रुपमा बिभिन्न समस्या भोग्दै आइरहेको जनगुनासोका आधारमा आफुहरुले गरेको अवलोकनका क्रममा समेत विभिन्न समस्या देखिएकाले सुधारकालागी ध्यानाकर्षण गराईएको बताए ।

पार्टीेले ध्यानाकर्षण-पत्र मार्फत नापी कार्यालयलाई ११ र मालपोत कार्यालयलाई १२ बुँदामा समस्या सहित समाधानका उपायहरु समेत सुझाएको खड्काले बताए ।

सर्वसाधारणहरुलाई सरल सहज ढंगबाट सेवा उपलब्ध गराउन, सेवाग्राहीले देख्ने गरी सेवा प्रवाहलाई सहज बनाउन सेवाको प्रकार, समय र लाग्ने शुल्क जस्ता सेवा प्रवाहका बिधीहरु प्रष्ट रुपमा देखिने गरी डिजिटल बोर्ड सहितको बडापत्र राख्नुपर्ने, कार्यालयमा टोकन प्रणाली तत्काल लागु गर्नुपर्ने, जग्गाको कित्ता काटमा देखिएको अनियमिततालाई मध्यनजर गर्दै नियम अनुसार जग्गाको कित्ता काटको व्यवस्था मिलाउन, सर्वसाधारणहरुलाई बिभिन्न बहानामा दुःख दिने काम बन्द गर्न, सोधपुछ तथा सहजीकरण काउण्टर स्थापना गर्न र कार्यालयमा बिचौलीको प्रवेश निशेष गर्न माग गरीएको नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर सचिव निरक बहादुर शाहीले जानकारी दिए ।

पार्टी नगर समितिको तर्फबाट उठाईएका मागहरुलाई बेवास्ता गरिएको खण्डमा आगामी दिनमा कडा भन्दा कडा कदम चाल्न बाध्य हुने ध्यानाकर्षण पत्रमा उल्लेख गरीएको छ ।

  • ४ असार २०८२, बुधबार १६:२३ प्रकाशित
  • Nabintech