धवलशमशेर र रवीन्द्रलाई पुन: पक्राउ गर्ने तयारी
  • काँचुली खबर

३० जेठ, काठमाण्डौं । काठमाडौंको तीनकुने घटनामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गरिसक्दा पनि बयान दिन नगएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने भएको छ ।

सरकारी वकिल कार्यालयले अदालतमा उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव मुद्दा दर्ता गरिसकेको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार अदालतमा बयान दिन नगएका राणा र मिश्रविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी छ । ‘उहाँहरू बयान दिन आउनुभएन, थुनछेक बहसमा सहभागी हुनुभएन, अब पक्राउ पुर्जी जारी गरेर पक्राउ गर्न लगाउँछौं’ उनले भने ।

श्रेष्ठका अनुसार बिहीबारको आदेश सम्बन्धित फाँटमा पुगेपछि पक्राउ पुर्जीको प्रक्रिया शुरू हुन्छ । राणा र मिश्र हाजिरी जमानीमा छुटेका थिए ।

राणा गत वैशाख ७ गते र मिश्र प्रहरी हिरासतमा बसेको ५० औं दिनको दिन जेठ २ गते हाजिरी जमानीमा छुटेका थिए ।

  • ३१ जेष्ठ २०८२, शुक्रबार १७:३३ प्रकाशित
  • Nabintech