३० जेठ, रुपन्देही । नवलपुरको देवचुली नगरपालिका-३ आम्बासमा ९० वर्षीय बयोवृद्धले ७६ वर्षीया वृद्धा श्रीमतीलाई रडले हानेर हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालका अनुसार दिलबहादुर थापाले गएराति पत्नी जमुना थापाको टाउकोमा रड प्रहार गरी हत्या गरेका हुन् । जमुना दिलबहादुरकी कान्छी पत्नी हुन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
दिलबहादुरले श्रीमती विभिन्न रोगले थला परेको र आफ्नो मृत्युपछि दुःख नपाओस् भनेर हत्या गरेको प्रहरीलाई बयान दिएका थिए ।
‘घरमा बुढाबुढी मात्रै रहेछन् । आँखा पनि राम्रोसँग नदेख्ने दिलबहादुरले केही समयदेखि पत्नी बिरामी भएको र आफू मरेपछि बुढीले दुःख नपाउन् भनेर हत्या गरेको बताएका छन्,’ डीएसपी नेपालले भने ।
छोरा चित्रबहादुर थापाले घटनाबारेमा प्रहरीलाई जानकारी गराएका थिए ।
वरिष्ठ अधिवक्ता शालिकराम बनजाडेले ज्यान मारेको कसुरमा कसैलाई कारबाही नहुने भन्ने नभएको, तर वृद्धवृद्धाको हकमा ६० प्रतिशत छुट हुनसक्ने बताए ।
‘कानूनी कारबाही त फैसलाअनुसार अघि बढ्ने हो । उनी वृद्धरबिरामी भएपनि त्यसपछिको अवस्था कसरी राख्ने भन्ने कारागार प्रशासनको हो’, उनले भने ।
३१ जेष्ठ २०८२, शुक्रबार १७:१४ प्रकाशित