२५ जेठ, काेहलपुर । इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद-उल-अज्हा (बकर ईद) को अवसरमा बाँकेका चार वटा स्थानीय तहमा आज आइतबार सार्वजनिक बिदा दिइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका, नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, नरैनापुर अध्यक्ष शैयद इस्तियाक अहमद शाह, जानकी अध्यक्ष छब्बन खाँ र खजुरा अध्यक्ष डम्बर विकले छुट्टाछुट्टै सूचना जारी गर्दै पालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द हुने जनाएका छन् ।
बकर ईद तीन दिन मनाइने पर्व हो । यस वर्षको पहिलो दिन शनिबार परेको बकर ईदका कारण आइतबार स्थानीय सार्वजनिक बिदा दिइएको हो ।
२६ जेष्ठ २०८२, आईतवार ०९:२७ प्रकाशित