माओवादी केन्द्रले नगरप्रमुखलाई बुझायो ४१ बुँदे ध्यानाकर्षण पत्र (पत्रसहित)
  • काँचुली खबर

२१ जेठ, कोहलपुर । नेकपा (माओवादी केन्द्र) ले कोहलपुर नगरपालिकालाई ४१ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । नेकपा (माओवादी केन्द्र), कोहलपुर नगर समितिका अध्यक्ष बल बहादुर खड्का (अबिरल) को नेतृत्वमा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यलाई बुधबार ध्यानाकर्षण पत्र बुझाईएको हो ।

कोहलपुर नगरपालिकाले आगामी दिनमा गर्नुपर्ने र योजनामा समेट्नुपर्ने महत्वपूर्ण एजेण्डाहरुलाई समेटेर एकमुष्ट रुपमा ध्यानाकर्षण पत्र बुझाईएको नगर अध्यक्ष खड्काले जानकारी दिए । खड्काका अनुसार नगरपालिकाभित्र देखिएका समग्र समस्या र आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरुको समिक्षा र सुझाव सहितको धानाकर्षण पत्र बुझाईएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

ध्यानाकर्षण पत्रमा भौतिक पूर्वाधार सम्बन्धि ७, स्वास्थ्य सम्बन्धि ५, शिक्षा सम्बन्धि ४, कृषि सम्बन्धि ४, शहरीकरण ब्यवस्थापन सम्बन्धि ८, जनचेतनामुलक २ र विद्युत सम्बन्धि २ बुँदे सुझाव समेटिएको छ । त्यसैगरी प्रशासनिक सेवा, रोजगार ब्यवस्थापक, प्राकृतिक प्रकोप र संचार तथा विभिन्न क्षेत्रका सुझाव समेत समेटिएको खड्काले जानकारी दिए ।

कोहलपुरमा पछिल्लो समय लागुऔषधको अवैध प्रयोग, चोरी डकैटी लगाएतका घटनाले ब्यापकता पाएको भन्दै अध्यक्ष खड्काले त्यसको नियन्त्रणकालागी स्थानिय सरकारले तत्काल कडा कदम चाल्नुपर्ने समेत बताए । हरेक वर्ष वर्षायाममा धेरै धनजनको क्षति हुने गरेकाले समयमै विपद ब्यवस्थापनमा ध्यान दिन समेत उनले आग्रह गरे ।

ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख आचार्यले सबैको सुझावका आधारमा आगामी निति तथा कार्यक्रम तय गरीने बताए । उनले कोहलपुरको समग्र विकासमा सबैको हातेमालो आवश्यक रहेको उल्लेख गर्दै जिम्मेवार राजनितिक दलले उठाएका विषयहरु प्रति आफु सधैं संवेदनशिल रहेको बताए ।

  • २२ जेष्ठ २०८२, बुधबार १६:२४ प्रकाशित
  • Nabintech