१३ जेठ, नेपालगन्ज । कृष्णसेन इच्छुककाे स्मृति दिवसका अवसरमा बाँकेमा युद्ध पत्रकारहरूका बारेमा चर्चा गरीएकाे छ । सेनकाे २३औं स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति बाँकेले आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा युद्ध पत्रकारहरूकाे अवस्थाका बारेमा चर्चा गरिएकाे हाे ।
जनयुद्धमा ज्यान जोखिममा पारेर पत्रकारिता गरेका युद्ध पत्रकारहरुको सम्मान हुन नसकेको उक्त कार्यक्रमका वक्ताहरुले बताएका छन् । सहभागी वक्ताहरुले जनयुद्ध स्थगन भएसँगै कृष्णसेनको योगदानलाई ओझेलमा पारिएको गुनासो गर्दै युद्धकालमा जोखिमपूर्ण पत्रकारिता गरेका पत्रकारहरु संरक्षणको अभावमा विदेशिन बाध्य भएकाे बताए । माओवादी नेतृत्वले बेपत्ता, शहिदको विषयमा संवेदनशिलता देखाएपनि युद्ध पत्रकारहरुको विषयमा केही गर्न नसकेको उनीहरुको गुनासो थियो । कृष्णसेन बन्न त्यत्ति सजिलाे नभएको उल्लेख गर्दै वक्ताहरुले निडर र सिद्धान्तप्रति निष्ठा प्रकट गरेर मात्र कृष्णसेनको बाटो पछ्याउन सकिने बताए । पत्रकारिता जनपक्षीय नै हुने चर्चा गर्दै उनीहरुले पक्षधरताले जनपक्षिय पत्रकारिता कमजोर बनेको बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कार्यक्रममा बोल्दै माओवादी केन्द्रकी स्थायी समिति सदस्य पुर्णकुमारी सुबेदीले युद्ध पत्रकारहरुको सम्मान गर्न नसकिएको स्वीकार गरिन् । जनयुद्धमा ज्यान जोखिममा राखेर पार्टीका एजेण्डा जनतामा पुर्याउने पत्रकारहरुलाई पार्टीले नबिर्सेपनि सम्मान गर्न नसकिएको उनले बताइन् ।
पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले इमान्दार निष्ठा र निडर भएर समाज र जनताको पक्षमा कलम चलाउन सकेमात्र कृष्णसेन प्रति सच्चा श्रद्धान्जली हुन सक्ने उल्लेख गरे ।
कार्यक्रममा पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षद्वय निरज गौतम र झलक गैरे, प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगी, प्रेस युनियनका अध्यक्ष प्रियास्मृती ढकाल, प्रेस सेन्टरका केन्द्रीय सदस्य सुशिल लामिछाने, प्रदेश अध्यक्ष प्रदीप वाग्ले, पत्रकार शरण कर्माचार्यलगायतले शहिद सेन प्रति श्रद्धान्जली अर्पण गर्दै न्याय र स्वतनत्रताका लागि सेनले देखाएको बाटो हिँडने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा कपिल अन्जान, पत्रकार बिपी अस्तुलगायतले कविता वाचन समेत गरेका थिए ।
१४ जेष्ठ २०८२, मंगलवार २१:४५ प्रकाशित