प्रेस सेन्टरले बाँकेसहित देशैभरी २३औं कृष्ण सेन स्मृति दिवस मनाउँदै
  • काँचुली खबर

१२ जेठ, काठमाण्डौं । प्रेस सेन्टर नेपालले २३ वर्षअघि राज्यबाट हत्या गरिएका पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवस मनाउँदैछ । मंगलबार देशैभरी विभिन्न कार्यक्रम गरेर प्रेस सेन्टरले २३औं सेन स्मृति दिवस मनाउन लागेको हो ।

सेनको स्मृती दिवसको अवसरमा बाँकेमा समेत अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ । स्मृती दिवसको अवसरमा भोली अन्तरक्रिया कार्यक्रम आयोजना गरीएको प्रेस सेन्टर बाँकेले जनाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

जनदिशा दैनिकको प्रधान सम्पादक रहँदा प्रहरीले २०५९ जेठ १३ गते पत्रकार कृष्ण सेनको हत्या गरेको थियो । उनको हत्या भएको दिन हरेक वर्षको जेठ १३ गतेलाई प्रेस सेन्टरले सेन स्मृति दिवसको रुपमा मनाउने गरेको छ ।

सेन्टरको केन्द्रीय समितिले मंगलबार काठमाडौंमा २३औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ । सोमबार संगठनका महासचिव मनोज घर्तीमगरले प्रेस नोट जारी गरेर केन्द्रीय समितिको आयोजना र उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेशको सहभागितामा कार्यक्रम गर्न लागिएको जानकारी गराएका छन् ।

काठमाडौंको बिजुलीबजारस्थित कृष्टल पार्टी भेन्यूमा विहान ११ बजे आयोजित कार्यक्रम दुई चरणको हुने संगठनले जनाएको छ । ‘दुई चरणमा गरिने कार्यक्रमको पहिलो चरणमा कृष्ण सेन ‘इच्छुक’बारे प्रेस सेन्टर नेपालले तयार पारेको भिडियो सामाग्री प्रशारण गरिनेछ’, प्रेस नोटमा भनिएको छ ।

दोस्रो चरणमा पिसिएन संवाद हुने र सो संवादमा ‘गणतन्त्र र समाजवादको यात्रा’ र ‘कृष्ण सेन ‘इच्छुक’ र जनपक्षीय पत्रकारिता’ बारे वक्ताहरुसँग संवाद गरिने सेन्टरले जनाएकोछ । कार्यक्रममा प्रेस सेन्टर नेपालले प्रदान गर्ने विभिन्न पत्रकारिता पुरस्कार घोषणासमेत गरिने महासचिव घर्तीमगरले जानकारी दिए ।

प्रेस सेन्टरले काठमाडौंमा आयोजित कार्यक्रममा सहभागिताका लागि संगठनका पूर्वअध्यक्ष तथा संयोजकहरु, संस्थापकहरु, पूर्वसल्लाहकार, पूर्वपदाधिकारी तथा सदस्यहरु, केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, समितिका पदाधिकारी तथा सदस्यहरु, उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेश, प्रदेश अन्तर्गतका जिल्ला समिति तथा शाखाका पदाधिकारी तथा सदस्यहरु, संगठनका सदस्य, शुभेच्छुकहरु र सम्पूर्ण पत्रकारहरुलाई आग्रह गरेको छ ।

महासचिव घर्तीमगरले प्रेस सेन्टरले प्रदेश समिति, जिल्ला तथा शाखा र पालिका समितिहरुबाट सेनको विचार, गणतन्त्रसहितको राजनीतिक परिवर्तन, जनपक्षीय पत्रकारिताका विषयलाई केन्द्रविन्दुमा राखेर विविध कार्यक्रम गरेर देशैभर २३औं सेन स्मृति दिवस मनाइने जानकारी दिएका छन् ।

  • १३ जेष्ठ २०८२, सोमबार १७:३८ प्रकाशित
  • Nabintech