नेपाली महिला टाेलि पहिलाे पटक विश्वकपकाे ग्लोबल छनोटमा
  • काँचुली खबर

५ जेठ, काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ।

आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गरेको हो। योसँगै एसियाबाट थाइल्यान्ड र नेपाल ग्लोबल छनोटमा पुग्न सफल भएका हुन्।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अब नेपालले मंगलबार अन्तिम खेल थाइल्यान्डसँग खेल्नेछ। उक्त खेल दुवै टोलीका लागि अभ्यास मात्रै हुनेछ। नेपालले पहिलोपल्ट ग्लोबल छनोटमा स्थान बनाएको हो। अब विश्वकप पुग्न अन्तिम चरणको छनोट खेल्नेछ। उक्त छनोटमा १० टिमले प्रतिस्पर्धा गर्नेछन्। शीर्ष ४ टोलीले विश्वकपमा स्थान बनाउने छन्।

युएईले दिएको ११५ रनको लक्ष्य नेपालले अन्तिम तीन बल बाँकी रहँदा पूरा गरेको हो। नेपालकी कप्तान इन्दु बर्माले अविजित रहँदै सर्वाधिक ३० रन बनाइन्। २८ बल खेलेकी उनले दुई चौका प्रहार गरिन्।

रुविना क्षेत्री बेलबासेले १८ बलमा तीन चौकासहित २३ रनको योगदान दिइन्। ओपनर सम्झना खड्का २१ र उकप्तान पूजा महतो १३ रनमा आउट हुँदा रुबि पोद्दार ६ रनमा अविजित रहिन्।

युएईका मेचेली बोथा, सुरक्षा कोत्ते, भैश्नवी महेश र ईशा ओझाले समान एक विकेट लिइन्।

त्यसअघि बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रन बनाएको थियो।

युएईकी कप्तान ईशाले सर्वाधिक ३९ रन बनाइन्। ३९ बल खेलेकी उनले दुई चौका र एक छक्का प्रहार गरिन्। ओपनर तीर्थ शतिशले ३२ बलमा दुई चौकासहित २१ रनको वइगदान दिएकी थिइन्। उनीहरूबीच पहिलो विकेटका लागि ४५ रनको साझेदारी भएको थियो।

हिना होत्चान्डी २० र लावन्या केनीले १२ रन बनाइन्। नेपालकी मनीषा उपाध्यायले सर्वाधिक चार विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले २० रन मात्रै खर्चिइन्। कविता कुँवरले दुई र राजमती ऐरीले एक विकेट आफ्नो नाममा लेखाइन्।

  • ६ जेष्ठ २०८२, सोमबार १३:०० प्रकाशित
  • Nabintech