माधव नेपालले हटाए युवा संघ र अनेरास्ववियूका अध्यक्ष
  • काँचुली खबर

१५ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका मुख्य जनसंगठनहरू युवा संघ नेपाल र अनेरास्ववियूको केन्द्रीय अध्यक्षलाई हटाएको छ ।

अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशिका-४ जारी गरी युवा संघ नेपाल र अनेरास्ववियूका अध्यक्षलाई पदमुक्त गरेका हुन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

‘अनेरास्ववियू र युवा संघमा रहनुभएका पार्टी केन्द्रीय कमिटीका सबै सदस्य कमरेडहरूलाई अनेरास्ववियू र युवा संघको जिम्मेवारीबाट बिदा गरी भूगोलको जिम्मेवारी तोकिएको छ,’ अपानिमा भनिएको छ, ‘उहाँहरू सबैलाई तोकिएको जिम्मेवारी सम्हाल्न निर्देशित गरिन्छ । अनेरास्ववियू र युवा संघका इन्चार्ज तथा सह-इन्चार्जहरूलाई तुरुन्तै उक्त दुबै संगठनका सम्मेलनलगायत कामको योजना बनाई अगाडि बढाउन निर्देशन गरिन्छ ।’

यो अपानिसँगै युवा संघका अध्यक्ष कृष्णकुमार विश्वकर्मा र अनेरास्ववियूका अध्यक्ष आरती लामा पदमुक्त भएका छन् । पार्टी उपाध्यक्ष डा. गंगालाल तुलाधारले दुवै संगठनका अध्यक्षहरू पार्टी केन्द्रीय सदस्य भइसकेकाले नयाँ जिम्मेवारी दिनुपरेको बताए ।

‘केन्द्रीय सदस्य भइसकेका व्यक्तिलाई युवा र अनेरास्ववियूको अध्यक्ष राखिरहने कुरा भएन, त्यसैले भूगोलको जिम्मेवारी दिएर पठाइएको छ’, उनी भन्छन्, ‘उहाँहरु अब युवा र अनेरास्ववियूबाट अलग हुनुभयो, अरुले नै त्यहाँ हेर्छन् ।’

तर, अपानिबाटै पदमुक्त गर्ने निर्णयप्रति विश्वकर्मा र लामा दुवैले असन्तुष्टि जनाएका छन् ।

  • १५ माघ २०८१, मंगलवार १९:३३ प्रकाशित
  • Nabintech