काठमाडौं–आइतबारदेखि तीन दिनसम्म देशका अधिकांश स्थानमा निरन्तर हुने वर्षाबाट बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन चेतावनी दिएको छ । महाशाखाले शनिबार तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको हो ।
शनिबार पहाडी र हिमाली क्षेत्रमा वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो मुलुकभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा मध्यम खालको वर्षा हुने पूर्वानुमान छ । केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उसले आइतबार राति देशभर वर्षाको सम्भावना रहेको बताएको छ । यस्तै, पूर्वी तराईका एक–दुई स्थानमा हावाहुरीको र केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको उसले जनाएको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।
१३ श्रावण २०७५, आईतवार ०७:३९ प्रकाशित