एभोकाडोका कैयौँ फाइदा तर मृगौला पिडितले खान मिल्दैन
  • काँचुली खबर

१९ असोज, काठमाण्डौं । सिजन सुरुभएसँगै यतिखेर बजारमा छ्यापछ्याप्ती एभोकाडो बेच्न राखेको पाइन्छ । यसको सेवन स्वास्थ्यका लागि फाइदैफाइदा रहेको छ । यसमा कोलेस्ट्रोल नहुने भएकाले जो कोहीले पनि सेवन गर्न सक्छन् ।

यस्तै केही समय सम्मको नियमित सेवनले कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्छ । हाम्रो शरीरका लागि चाहिने सम्पूर्ण पोषक तत्वहरू एउटा एभोकाडोबाट पाउन सकिन्छ । यो फलको उत्पादन समुद्र सतहबाट २५ सय मिटरसम्मको उचाइमा हुन्छ ।

यसमा शरीरका लागि फाइदाजनक फ्याट र कार्बोहाइड्रेट पाइन्छ । एभोकाडोले स्वास्थ्यमा पुर्याउने फाइदापनि टन्नै छन् ।

यी हुन मुख्य फाइदाः

मुटु स्वस्थ्य राख्छः

एभोकाडोमा बेटा-सिटोस्टेरोल हुन। जसले कोलस्टोरको स्तर व्यवस्थित गरेर मुटु स्वस्थ्य राख्छ ।

आँखाः

यो फलमा ‘लुटिन’ र ‘जिजान्थिन’ हुन्छ, जसले आँखाको स्वास्थ्यमा सहयोग गर्छ। साथै अल्ट्राभ्वायलेट विकिरणले गर्ने क्षति कम गर्छ ।

ओस्टिओपोरोसिस निको पार्छः

एभोकाडोमा पाइने भिटामिन ‘के’ले हाडको स्वास्थ्य कायम राख्छ । हाड कमजोर भएर भाँचिने रोगलाई ओस्टिओपोरोसिस भनिन्छ। दैनिक केवल आधा एभोकाडोको सेवनले शरिरलाई चाहिने २५ प्रतिशत भिटामिन पूर्ति हुन्छ ।

क्यान्सरः

फोलेट पाइने खानेकुराहरुले पेट, घाँटी र प्यान्क्रियाजको क्यान्सर रोकथाममा सहयोग गर्ने अध्ययनहरुले देखाएको छ। फोलेट भिटामिन बी को एक प्रकार हो र बोनम्यारोमा रातो र सेतो रक्त कोषिका निर्माण गर्दा यसको आवश्यकता पर्छ । फोलेटले कसरी क्यान्सरको रोकथाम गर्छ यसको कारण स्पष्ट छैन । तर यसले डिएनएमा नचाहिँदो म्युटेसन रोक्छ भन्ने अनुमान गरिन्छ ।

डिप्रेसन कम गर्छः

एभोकाडोले शरिरमा होमोसिस्टेनाइन थुप्रिन दिदैन । होमोसिस्टेनाइनले दिमागमा पोषकतत्वको सर्कुलेसनमा वाधा पुर्याउँछ । यसलाई थुप्रिन नदिदाँ मस्तिष्क स्वस्थ राख्न मद्धत पुग्छ, फलतः यसले डिप्रेसन घटाउँछ ।

पाचन प्रक्रिया सुध्रिन्छः

एभोकाडोमा पाइने फाइरले पाचन प्रक्रिया सहज गर्न मद्धत गर्छ ।

किड्नी अर्थात मृगौलामा समस्या हुनेले भने एभोकाडो खान हुँदैन । एभोकाडोमा पोटाशियम अत्यधिक मात्रामा हुने भएकाले यसले किड्नीलाई नोक्सान पुर्याउँछ ।

  • १९ आश्विन २०८१, शनिबार १५:३९ प्रकाशित
  • Nabintech