१९ असोज, नेपालगन्ज । नेपालगन्जबाट अवैध भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन् ।
नेपालगन्ज ४ स्थित धिरेन्द्र सिजापतिले संचालन गरेको किराना पसलमा खानतलासी गर्दा भारतिय रुपैया रु. ५००।- को ६५० वटा र रु. २००।- को ३१६ वटा गरी जम्मा ३,८८,२००।- भारतिय रुपैयाँ फेला पारी सिजपतिलाई पक्राउ गरिएको हो ।
बरामद रकम सहित सिजापतिलाई आवस्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरीले जनाएको छ।
१९ आश्विन २०८१, शनिबार १४:०० प्रकाशित