एक वर्षभित्रै कोहलपुरका दुई सहकारीमा दोस्रो पटक चोरी
  • काँचुली खबर

२५ भदौ, कोहलपुर । चोरी भएको एक वर्ष नपुग्दै कोहलपुरका दुई सहकारीमा पुन: चोरी भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालीका वडा नं. २ मा रहेका दुई सहकारीमा सोमबार मध्यरातमा चोरी भएको हो ।

बसन्त बचत तथा ऋण सहकारी संस्था र रझेना साना किसान सहकारी संस्थामा चोरी भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । यी दुवै सहकारीमा गत वर्षको कार्तिकमा समेत चोरी भएको थियो ।

दुबै सहकारीमा एउटै बिधि अपनाएर चोरी भएकाले एउटै समुह वा ब्यक्तीले चोरी गरेको हुनसक्ने प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

बसन्त बचत तथा ऋण सहकारी संस्था र रझेना साना सहकारी संस्थाको झ्यालको ग्रिल निकाली चोर भित्र पसेको ईप्रका कोहलपुरका प्रमुख धर्मराज भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार बसन्त बचत तथा ऋण सहकारी संस्थाको कम्प्यूटरको हाडडिक्स चोरी भएको छ भने रझेना साना सहकारी संस्थाको करिब ३ लाख बढि चोरी भएको छ ।

रझेना साना किसान सहकारी संस्थाका अध्यक्ष चन्द्रकला लामिछानेले कार्यालयबाट ३ लाख ६५ हजार ९ सय ३५ रुपैया रकम चोरी भएको दाबी गरीन ।

सहकारीको झ्यालमा लगाएको ग्रिल निकाली भित्र पसेको बताउँदै लामिछानेले सेफ ९भल्ट० फुटाएर पैसा चोरी गरेको बताईन । चोरी भएका दुवै सहकारी ५० मिटर आसपासमा छन् ।

चोरी भएको एक वर्ष नबित्दै पुन सहकारीमा चोरी भएपछि घटना शंकास्पद देखीएको स्थानियले प्रतिक्रिया दिएका छन ।

  • २५ भाद्र २०८१, मंगलवार १८:०१ प्रकाशित
  • Nabintech