एमाले बाँकेको ईन्चार्ज शान्ति ढकाल की सुर्य ढकाल ?
  • काँचुली खबर

२४ साउन, कोहलपुर । नेकपा एमालेले केही दिनअघि मात्रै बाँकेको ईन्चार्ज सहितका नेताहरुको जिम्मेवारी हेरफेर गर्यो । एमालेको केन्द्रिय सर्कुलर अनुसार शान्ति ढकाललाई एमाले बाँकेको ईन्चार्जको जिम्मेवारी तोकिएको समाचार बाहिरीए । एमालेकै नेताहरुले सामाजिक संजाल मार्फत उक्त कुराको पुष्टि गर्दै बधाई तथा शुभकामना ब्यक्त गरीरहेका छन ।

तर एमाले बाँकेका पूर्व ईन्चार्ज तथा हालका केन्द्रिय सदस्य सुर्य ढकालले भने अझैं पनि आफुलाई ईन्चार्जका रुपमा प्रस्तुत गरीरहेका छन । नेकपा एमाले विभाजित भएको समयमा केन्द्रबाट एकाएक जिल्ला ईन्चार्जको जिम्मेवारी लिएर आएका सुर्य ढकालले त्यसयता निरन्तर आफुलाई जिल्ला ईन्चार्जको रुपमा प्रस्तुत गर्दै आएका हुन ।

बाँके क्षेत्र नं. १ का संघिय साँसद समेत रहेका ढकालले आफ्नो आधिकारीक सामाजिक सञ्जाल फेसबुकको परीचयमा नेकपा एमालेको केन्द्रीय सदस्य तथा बाँके ईन्चार्ज लेखेका छन ।

पछिल्लो १४ महिनासम्म रुकुमका खेम मान खड्का एमाले बाँकेको ईन्चार्जको भुमिकामा थिए । उनिलाई हटाउँदै हालै बाँकेकी नेतृ शान्ति ढकाललाई पार्टीको ईन्चार्ज तोकिएको छ । तर पनि साँसदजस्तो जिम्मेवार पदमा रहेका सुर्य ढकालले अहिलेसम्म फेसबुक परीचयबाट ईन्चार्ज शब्द हटाएका छैनन् ।

ढकाललाई हालै मात्र बाँके निर्वाचन क्षेत्र नम्बर १ इन्चार्जको भुमिका दिईएको छ । केही समयअघि सँसदमा विवादित अभिब्यक्ती दिएका साँसद ढकाललाई निर्वाचन क्षेत्रको ईन्चार्जमा झारेर पार्टी नेतृत्वले कारबाही गरेको पार्टीपक्तींकै बुझाई छ ।

  • २४ श्रावण २०८१, बिहीबार १७:११ प्रकाशित
  • Nabintech