१४ साउन, नेपालगन्ज । आर्थिक वर्ष २०८०।०८१ मा बाँके जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि करिब दुई अर्ब निकासा गरिएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय, बाँकेका अनुसार, आर्थिक वर्ष २०८०/०८१ मा बाँके जिल्लाका आठ स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि एक अर्ब ८० करोड १३ लाख ३१ हजार ३१३ रुपियाँ बजेट आएको थियो ।
            
                
                    
वर्गीकृत विज्ञापन
                
                
                    
                        
                                                            
                                    
                                        
                                            निर्माणका लागि
                                            “निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                     
                        
                        
                     
                 
             
            
सो मध्ये एक अर्ब ८० करोड ७ लाख ३५ हजार ५१६ रुपियाँ निकासा भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख मोहन शरण भण्डारीले जानकारी दिए ।
उनले करिब करिब सबै रकम निकासा भएको जनाउँदै सरकारले बाँकेमा सामाजिक सुरक्षा भत्ताका लागि एक अर्ब ८० लाख भन्दा बढी खर्च गर्दै आएको बताए ।
बाँकेमा सबै भन्दा बढी सामाजिक सुरक्षा भत्ता नेपालगन्ज उपमहानगरपालिकाले वितरण गर्दै आएको प्रमुख भण्डारीले बताए ।
उनका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा गत आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि ४३ करोड १० लाख २४ हजार ८१ रुपियाँ निकासा भएको थियो।
कोष तथा लेखा नियन्त्रकको कार्यालय बाँकेका अनुसार, बाँकेको कोहलपुर नगरपालिकामा २५ करोड ५ लाख ६४ हजार ९०८, खजुरा गाउँपालिकामा २३ करोड ६६ लाख ९५ हजार ८५८ रुपियाँ सामाजिक सुरक्षा भत्ताका लागि निकासा भएको थियो ।
त्यस्तै, जानकी गाउँपालिकामा १५ करोड ४४ लाख ४४ हजार ४४२ रुपियाँ, डुडुवा गाउँपालिकामा १४ करोड ९७ लाख ५७ हजार १८४ रुपियाँ र नरैनापुरमा १२ करोड ४६ लाख १६ हजार ९६० रुपियाँ निकासा भएको सो कार्यालयले जनाएको छ।
सोही प्रकारले गत आर्थिक वर्षमा बैजनाथ गाउँपालिकामा २४ करोड पाँच हजार ५४३ रुपियाँ र राप्तीसोनारी गाउँपालिकामा २१ करोड ३६ लाख २६ हजार ५३८ रुपियाँ निकासा भएको थियो।
     १४ श्रावण २०८१, सोमबार ०८:१६ प्रकाशित