पहिरोले पुरिंदा सुर्खेतमा बालकको मृत्यु
  • काँचुली खबर

१७ असार, सुर्खेत । भेरी नगरपालिका-४ इवरमा पहिरोले पुरिंदा पाँच वर्षीय प्रिन्स विकको मृत्यु भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिएका थिए ।

  • १७ असार २०८१, सोमबार ११:४७ प्रकाशित
  • Nabintech