बाँकेका ८१ वटै वडामा माओवादीको वडा सम्मेलन
  • काँचुली खबर

३२ जेठ, कोहलपुर । नेकपा माओवादी केन्द्र बाँकेले जिल्लामा वडा सम्मेलन अभियानलाई तिब्रता दिएको छ । जिल्लाका सबै वडाहरुमा जेठ मसान्त भित्र वडा सम्मेलन गरिसक्ने जिल्ला पार्टीको निर्देशन अनुसार बाँकेका ८ वटा स्थानीय तहका ८१ वटा वडा मै धमाधम सम्मेलन भईरहेका छन ।

जिल्लाका ८१वटै वडामा सम्मेलन गर्ने निर्णय अनुसार धमाधम रुपमा वडा सम्मेलन सञ्चालन भईरहेको माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स) ले बताए ।

वडा तहमा पार्टीको संरचना, पार्टी सुदृढीकरणका लागि खेल्नुपर्ने भूमिका, संगठन विस्तारका लागि अपनाउनुपर्ने रणनीतिका लगाएतका विषयमा सम्मेलनमा छलफल हुने गरेको पाण्डेले बताए ।

यस्तै पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा पनि सम्मेलनमा छलफल भइरहेको पाण्डेको भनाई छ ।

उनलेभने, ,“वडातहमा पार्टीको संरचना र पार्टी सुदृढीकरण, संगठन बिस्तारका लागि सम्मेलन थालिएको हो । यसले माओवादीलाई गतिशील बनाउनका लागि पनि महत्वपूर्ण भूमिका रहनेछ।”

वडा सम्मेलनको सुरुवात कोहलपुर नगरपालिकाबाट भएको थियो । यहिलेसम्म बैजनाथ, खजुरा, राप्तीसोनारी र नरैनापुर गाउपालिका अन्तर्गतका सबै वडाको सम्मेलन सम्पन्न भईसकेको पाण्डेले जानकारी दिए ।

बाँकी रहेका वडामा समेत छिट्टै सम्मेलन गर्ने तयारी भईरहेको बताउँदै संयोजक पाण्डेले वडा सम्मेलनमा ब्यापक जनलहर देखिएको दावी गरे ।

  • ३२ जेष्ठ २०८१, शुक्रबार १६:३९ प्रकाशित
  • Nabintech