नेपालीको प्रतिव्यक्ति आय एक हजार ४५६ अमेरिकी डलर पुग्यो
  • काँचुली खबर

१५ जेठ, काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुनले नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय अमेरिकी डलर एक हजार ४५६ पुगेको बताएका छन ।

मंगलरबार सङ्घीय सदनमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्नुहुँदै उनले सो कुरा बताएका हुन ।

आर्थिक वर्ष २०६४-६५ मा आठ खर्ब १५ अर्ब रुपियाँ कुल ग्राहस्थ उत्पादन भएकोमा चालु आर्थिक वर्षमा ५७ खर्ब पाँच अर्ब रुपियाँ हुने अनुमान छ ।

उनले प्रतिव्यक्ति राष्ट्रिय आय अमेरिकी डलर ४९१ बाट बढेर एक हजार ४५६ पुगेको छ ।

विद्युत उत्पादन सात सय मेगावाटबाट तीन हजार ६० मेगावाट पुगेको छ । यसबिच ५६.१ बाट बढेर ९८ प्रतिशतमा विद्युत सेवामा पहुँच पुगेको छ ।

  • १५ जेष्ठ २०८१, मंगलवार १५:५२ प्रकाशित
  • Nabintech