प्रिन्स ओलम्पिकमा छनौट, नेपाल पहिलो पटक ओलम्पिकमा सहभागी हुँदै
  • काँचुली खबर

३० वैशाख, काठमाण्डौं । नेपालका ब्यानडमिन्टन स्टार प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ मा प्रतिस्पर्धा गर्ने भएका छन । विश्व ब्याडमिन्टन महासङ्घ ९बिडब्लुएफ० का आनुसार प्रिन्सलाई युनिभर्सालिटी कोटाबाट ओलम्पिकमा सहभागिताको मौका दिईएको हो ।

यससँगै १९ वर्षीय प्रिन्स ब्याडमिन्टन खेलबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएक छन । बिडब्लुएफले शनिबार अबेर जारी गरेको विज्ञप्ती अनु्सार उनलाई एसियाको युनिभर्सालिटी कोटाबाट ओलम्पिक खेल्ने अवसर दिईएको हो ।

फ्रान्सको पेरिसमा जुलाई २६ देखि अगस्ट ११ तारिखसम्म आयोजना हुने ओलम्पिकका लागि ब्याडमिन्टनमा विश्वका ४९ देशका एक सय ७२ खेलाडी छनोट भएका छन् । जसमा पेरिस ओलम्पिकमा प्रिन्सले पुरुष एकल स्पर्धामा प्रतिस्पर्धा गर्नेछन ।

प्रिन्सको ओलम्पिक सहभागिताबारे नेपाल ब्याडमिन्टन सङ्घ, नेपाल ओलम्पिक कमिटि ९एनओसी० र बिडब्लुएफले थप प्रक्रिया पूरा गरेर औपचारिक घोषणा गरिने पनि सङ्घले जनाएको छ ।

  • ३० बैशाख २०८१, आईतवार १७:१२ प्रकाशित
  • Nabintech