मोटरसाइकल चोरीमा संलग्न ४ जना बाँकेबाट पक्राउ
  • काँचुली खबर

२९ वैशाख, नेपालगन्ज । बाँके प्रहरीले मोटरसाईकल चोरीमा संलग्न ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मितिमा बाँके जिल्लाबाट चोरी भएका मोटरसाइकल सहित ४ जनालाई पक्राउ गरेको हो ।

वैशाख २४ गते नेपालगन्ज १८ बिशालनगर बाट भे १० प ५९९३ नम्बरको पल्सर मोटरसाईकल चोरी गर्न लागेको अवस्थामा बर्दियाको बढैयाताल गाँउपालिका २ बस्ने निर्मल सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै वैशाख २७ गते नेपालगन्ज १२ कोरियनपुरबाट चोरी भएको भे ३ प ६०८ नम्बरको सुपर स्प्लेण्डर मोटरसाईकल सोही दिन नेपालगंज उप-महानगरपालिका १० बाट बर्दियाको गुलरिया नगरपालिका ६ बस्ने मनोज रावतले प्रयोग गरेको अवस्थामा फेलापारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस्तै वैशाख २८ गते जानकी गाउँपालिका वडा नम्बर ४ बाट भे १ प ३४४७ नम्बरको मोटरसाईकल चोरी गरी लु ३४ प ७७७ नम्बरको मोटरसाईकलले तानेर लैजादै गरेको अवस्थामा बाँकेको खजुरा गाँउपालिका ७ बस्ने टुइन्क लस्टर श्रीवास्तव र सोही ठाँउका लक्ष्मण हरिजनलाई सोही दिन प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका ४ जना मानिसहरुलाई चोरी कसूरमा अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

  • २९ बैशाख २०८१, शनिबार १५:४८ प्रकाशित
  • Nabintech